रुखबाट लडेर एकको मृत्यु
अछाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा १३ बाब्लाका ६५ वर्षीय निखिरा नेपालीको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।
गरिब विद्यार्थीको अभिभावक बन्दै उपप्रमुख
कृषि प्राविधिक विषय पढेर उत्तीर्ण भएकी निशा दमाईले ६० हजार शुल्क तिर्न नसक्दा रोकिएको सर्टिफिकेट चार वर्षपछि प्राप्त गर्नुभयो । निशाले विद्यालयमा तिर्नुपर्ने शुल्क दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले तिरिदिएपछि सर्टिफिकेट हात पार्नुभएको हो ।
सीमान्तकृत समुदायका लागि सुरक्षित आवास निर्माण
कैलालीको घोडाघोडी नगरपालिकाका विपन्न, सीमान्तकृत समुदायलाई सरकारले सुरक्षित आवास निर्माण गरिदिएपछि उनीहरुमा खुशी छाएको छ ।
चितुवाको छालासहित एक पक्राउ
कैलाली प्रहरीले चितुवाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन
पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ ।
महिलालाई सीप सिकाउँदै स्थानीय तह
जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडीको वडा नं ४ सिम्थरीमा छ र वडा नं ९ गोदनीमा छवटा आवास निर्माण गरिएका हुन् ।
जाखोर तालमा चरा अवलोकन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको काखमा रहेको जाखोर ताल यतिखेर चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।
शिक्षा ऐन चाँडै बन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपी स्मृती भवनको उद्घाटन
परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला र मङ्गला देवी सिंहको सालिक अनावरण तथा नवनिर्मित विपिस्मृति भवनको उद्घाटन गर्नुभएको छ ।
शिक्षा क्षेत्रमा योगदान पुर्याउने पाँच सम्मानित
शिक्षा क्षेत्रमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिले सम्मान गरेको छ ।
चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताउनुभएको छ ।
कैलालीमा बालिकामाथि सामूहिक बलात्कार
कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् ।
आहारा खोज्दै चरा
कञ्चनपुर, माघ २८ गते । शुक्लाफाँटा नगरपालिका २ स्थित तोरीबालीमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा । खेतबारी, खरबारी, घाँसे मैदानमा वासस्थान भएको यो चरा रैथाने प्रजातिको हो । तस्बिरः रासस
नमुना विद्यालयका कारण स्थानीय हर्षित
पर्यटकीय क्षेत्रसँग जोडिएको बझाङको खप्तडछान्ना गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण भएपछि स्थानीय हर्षित भएका छन् ।
महिनावारी भएकालाई बाटो हिँड्न रोक
बाजुराका अधिकांश गाउँबस्तीका महिनावारी भएका महिलालाई मठमन्दिरनजिकका बाटो हिँड्न मनाही गरिँदै आएको छ । यहाँका अधिकांश गाउँबस्ती जाने बिच बाटोमा मठमन्दिर छन् ।
भडाहाको गाथामा हु्ड्काको घाउँकुती
घिनताङ भन्नेबित्तिकै सर्वसाधारणले मादलको ताल भन्ने बुझ्छन् तर मादलको ताल झैँ भडाहाको गाथा र हुड्काको घाउँकुतीलाई धेरैले बुझ्न सकेका छैनन् ।
ग्रामीण तथा पिछडिएका क्षेत्रको विकासमा विशेष जोड
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ग्रामीण तथा पिछडिएका क्षेत्रको विकासमा पहल गर्ने बताउनुभएको छ ।
जाखोर तालमा जलपन्छी (फोटो फिचर)
कैलालीको महत्त्वपूर्ण सिमसार जाखोर तालमा विभिन्न प्रजातिका जलपन्छीको उपस्थिति बढेको छ ।
डोटीमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुई तले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाले ‘काला नमक’ धानको संरक्षण गर्दै
कुनै समयमा थारू समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रर्वद्धनको सुरुवात गरेको छ ।
नौ हजारभन्दा बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।
चक्कु देखाएर बलात्कार
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।
धनगढीमा विकास आयोजनाको काममा व्यस्त परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार दिनभर विकास निर्माणका योजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा व्यस्त बन्नुहुने भएको छ।