राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
आन्तरिक राजस्व कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ ।
असैनामा पहेँलेपुर तोरीखेती
कञ्चनपुर, मङ्सिर ८ गते । कञ्चनपुर, असैनाका किसानको खेतमा फुलेर पहेँलेपुर देखिएको तोरीखेती । तस्बिर : रासस
सभापति नहुँदा समितिका काम सुस्त
सुदूरपश्चिम प्रदेश सभा मातहतका विषयगत समितिको काम सुस्त बनेको छ । चारमध्ये तीन संसदीय समितिको सभापति चयन हुन नसक्दा ती समितिको कामकाजमा ढिलासुस्ती भएको हो ।
महसुल नतिर्नेको लाइन काटिँदै
समयमै विद्युत् महसुल नतिर्ने ग्राहकबाट ८० लाख रुपियाँभन्दा बढी बक्यौता उठाउन विद्युत् वितरण केन्द्र बैतडीले लाइन काट्ने (लाका) अभियान सुरु गरेको छ ।
देश बनाउने अभियानमा सबै एक हौं : लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले देश बचाउने र बनाउने अभियानमा सबैजना एक हुनुपर्ने बताउनुभएको छ ।
आहा ! फूलमाथि पुतली
कैलालीमा एक स्थानीयको घरमा रहेको सयपत्री फूलमा बसेको सुन्दर पुतली । नेपालमा विभिन्न प्रकारका पुतली पाइने गर्दछन् ।
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झर्नुभयो । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झर्नुभएका उहाँ टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्नुभयो ।
दुर्लभ सारस नकैया सिमसार क्षेत्रमा
विश्वमै दुर्लभ सारस कञ्चनपुरको नकैया सिमसार क्षेत्रमा देखा परेका छन् । बेलौरी नगरपालिकामा रहेको सो सिमसार क्षेत्रमा तीनवटा सारस देखा परेका हुन् ।
लोपोन्मुख गिद्धका भेटिए चौध गुँड
बैतडीमा लोपोन्मुख गिद्धका १४ वटा गुँड भेटिएका छन् ।
पार्कमा पर्यटकको घुइँचो
टीकापुर पार्कमा तिहारपछिको १५ दिनमा ५६ हजारभन्दा बढी पर्यटक आएका छन् ।
लोप हुँदै पानीघट्ट
बाजुरामा परम्परादेखि सञ्चालन हुँदै आएका ग्रामीण क्षेत्रका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएका छन् ।
वस्तु विनिमयको प्रचलन कायमै
कैलालीमा वस्तु विनिमय प्रचलन कायमै रहेको छ ।
बैतडीका छ सय ग्राहकको विद्युत्को लाइन काट्दै प्राधिकरण
विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।
प्रयोगविहीन भए अर्बौंका संरचना
सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा एक अर्ब २१ करोड रुपियाँ खर्च गरेर तयार गरेका संरचना सुनसान बनेका छन् ।
तोरी फुलेर भित्तरिया गाउँ बन्यो पहेलपुर
कैलालीको कैलारी गाउँपालिका–४ भित्तरियामा ढकमक्क फुलेको तोरी । पछिल्लो समय यो जिल्लामा तेलहन बालीको खेती केही हदसम्म बढेको छ ।
तत्काल मन्त्री हेरफेरको कुरा अहिलेसम्म हल्ला मात्रै हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले तत्काल मन्त्री हेरफेरको कुरा हल्ला मात्रै भएको बताउनुभएको छ ।
दार्चुलाको छाङरुमा खानेपानी पुग्ने
सौका समुदायको बसोबास रहेको दार्चुलाको छाङरुमा खानेपानी पुर्याउन प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको हो ।
मोटरसाइकल पुलमा ठोक्किँदा एकको मृत्यु
कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।
पुस्तौंदेखि भारतको भरमा दलित बस्ती
बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाको दलित बस्तीका परिवारलाई पुस्तौँदेखि अहिलेसम्म भारतकै भरमा बाँच्नु परेको छ ।
दानसाँगुमा ‘बेलिब्रिज’ पुल निर्माणका लागि सर्भे
बाजुराको बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा बेलिब्रिज निर्माणका लागि सर्भे गरिएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा
कैलालीको गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
कैलाली जिसस प्रमुखमा टीका चौधरी भुल निर्विरोध
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।
कैलाली जिससमा टीका चौधरी भूल सर्वसम्मत हुँदै
जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले दर्ता गरेको उम्मेदवारी फिर्ता लिने भएको छ । सो पार्टीबाट रुपमती डंगौरा थारुले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।