कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रणनीतिक योजना अगाडि बढाउनुपर्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिक योजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।
जिसस प्रमुखका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तिहार सकिएसँगै गाउँ रित्तिए
नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् ।
सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन
जिल्ला सदरमुकामको मुख्य बजार गोठालापानीनजिकै सडक किनारमा जम्मा भएको फोहोरको थुप्रोमा आगो लाग्दा निस्केको धुवाँका कारण सास फेर्न कठिनाइ हुन थालेको छ ।
मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
कञ्चनपुरको दक्षिणी क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्न थालेको छ । जङ्गली हात्तीले घरखेतमा नोक्सानसहित मान्छेको ज्यानसमेत लिएपछि द्वन्द्व बढ्न थालेको हो ।
योजना माग्न वडा सदस्य नै काठमाडौँमा
सङ्घीयताले अधिकार र बजेट स्थानीय तहमै पुर्याएको भनिए पनि सङ्घीय मन्त्रालयमा बजेट माग्न वडा सदस्यसमेत काठमाडौँस्थित सङ्घीय सरकारका मन्त्रालयमा जाने गरेका छन् ।
‘पश्चिम सेती बन्ने भइसकेको छ’
गृह जिल्ला डडेलधुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताउनुभएको छ ।
धनगढीमा हरेक शनिबार महिला स्वरोजगार मेला
आउँदो शनिबारदेखि धनगढीमा महिला स्वरोजगार मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा स्वरोजगार मेला लाग्ने भएको हो।
भन्सार छल्न ६५ किमी टाढाको नाका प्रयोग
महाकाली भन्सार कार्यालय झुलाघाटबाट ६५ किलोमिटर टाढाको महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट प्रहरीले एक लाख १० हजार रुपियाँभन्दा बढीको भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरेको छ ।
कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा
जिल्लाका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन् । वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन् ।
बेथिति मौलाएको भन्दै पालिकामा खबरदारी
नेकपा (माओवादी केन्द्र) ले कैलालीको कैलारी गाउँपालिकामा बेथिति मौलाउनुका साथै भ्रष्टाचार बढेको भन्दै खबरदारी गरेको छ ।
साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा
साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ ९बिसिएन० का सदस्य हिरुलाल डगौराले बताउनुभयो ।
छेउमै बग्छ सुर्नया, तिर्खाएर हिँड्छन् काँडावासी
छेवैमा सुर्नया नदी बगे पनि योजना र बजेट नहुँदा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्दा काँडावासी तिर्खाले काकाकुल भएर हिँड्ने गरेका छन् ।
लाग्न थाल्यो वनभोज खानेको भिड
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडका नन्दा क्षेत्री रोजगारीका लागि परिवारसहित भारतको बैङ्गलोर बस्नुहुन्छ ।
गोदाममा रहेको रासायनिक मल
कैलाली, कात्तिक २८ गते । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीको गोदाममा मौज्दात रहेको रासायनिक मल । तस्बिरः रासस
कैलालीमा बढ्दै चिसो र हुस्सु
चिसो बढ्दै गएपछि कैलालीमा हुस्सु लाग्न सुरु भएको छ । कात्तिक अन्तिम साता कैलालीका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेको हो ।
‘संस्कृतिको जगेर्ना आवश्यक’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा पुगेर देवीदेवताको दर्शन एवं कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ ।
देउरानीको हत्या आरोपमा जेठानी पक्राउ
डिलासैनी गाउँपालिकामा २३ वर्षीया देउरानीको हत्या गरेको आरोपमा ३० वर्षीया जेठानीलाई पक्राउ गरिएको छ । डिलासैनी गाउँपालिका–२ छेपट्टा डुङरी बस्ने देउरानी सुनिता बोहराको हत्या गरेको अभियोगमा जेठानी दीपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ।
सुखड–भजनी सडकखण्ड अझै कालोपत्रे हुन सकेन
कैलालीको सुखड–भजनी सडकखण्डका लागि दुई चरणमा टेन्डर भएर सडक चौडा तथा कालोपत्रे गर्ने काम भइसकेको भए पनि बिच खण्डमा पर्ने चार किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।
विद्यार्थी सङ्ख्या नपुग्दा अनुदान बन्द
बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसङ्ख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ ।
मोबाइलले घट्दै बालबालिकाको सिर्जनशीलता
संसारलाई सहज बनाएको इन्टरनेट र मोबाइलले बालबालिकाको शिक्षण सिकाइमा प्रतिकूल असर गरिरहेको छ ।
बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार
टीकापुर नगरपालिका –९ की ५५ वर्षीया महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार भएको छ । कात्तिक २२ गते बिहीबार राति छिमेकीले बिरामी बालिकालाई फुकाउन धामीको घर गैदिनु भनेपछि सँगै गएकी ती महिलालाई टीकापुर नगरपालिका –७ का धामी सुनिल मिस्त्रीले बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको ती महिलाले बताउनुभयो ।