वडा सचिव नपठाएको भन्दै वडा कार्यालयमा तालाबन्दी
जिल्लाको बुढीगङ्गा नगरपालिका-७ मा तालाबन्दी गरिएको छ । लामो समयमा पनि नगरबाट सचिव नपठाएको भन्दै यहाँका स्थानीयले वडापालिकामा तालाबन्दी गरेको हो।
सुदूरपश्चिममा सत्ता गठबन्धन र एमाले भिड्दै
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो ।
पाँच तलाबाट हाम फाल्दा व्यापारीको मृत्यु
कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ ।
सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताउनुभएको छ ।
भालुको आक्रमणबाट दुई किशोरी गम्भीर घाइते
स्याउँला ल्याउन जङ्गल गएकी दुई किशोरी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् । रामा रोशन गाउँपालिका-५ तडिगैडा निवासी १९ वर्षीया किरण शाह र १८ वर्षीया पार्वती शाह भालुको आक्रमणबाट गम्भीर घाइते भएकी आफन्त भरत शाहले जानकारी दिनुभयो ।
जङ्गलमा करेन्ट लाग्दा एक जनाको मृत्यु, एक घाइते
कैलालीमा जङ्गलमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मजदुरका छोराले छात्रवृत्ति कोटामा डाक्टर पढ्न पाए तर खानबस्न समस्या
मजदुरका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर पढ्ने ? भन्ने पिर परेको छ ।
चौध महिनाअगावै पुल
यो मुलुकमा पुलपुलेसा, सडकलगायत विकास निर्माणका काम तोकिएको समयावधि वा म्याद थप गर्दा पनि नबनेको थुप्रै उदाहरण छन् तर कैलालीमा भने पुलको निर्माण कार्य तोकिएको समयावधिभन्दा १४ महिनाअगाडि नै पूरा भएको छ । बर्दगोरिया गाउँपालिका–३ स्थित सेती लोकमार्गमा पर्ने काँडा खोला पुल तोकिएको समयावधिभन्दा अगाडि बनेको हो । दुई स्पानको सो पुलको लम्बाइ ८५ मिटर रहेको छ ।
गाउँबस्तीलाई नगरमा परिणत गर्दै छौँ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका तत्कालीन झलारी, पिपलाडी गाविस र देखतभुली गाविसका ४ र ६ वडा मिलेर बनेको स्थानीय तह हो । १२ वडा रहेको शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडिएको छ । यो पालिका पूर्वपश्चिम राजमार्ग छिचोलेर गएको छ । ४७ हजार जनसङ्ख्या रहेको यस नगरपालिकामा थारू, राना र पहाडबाट बसाइँसराइ गरेकाको मिश्रित बसोबास छ । यो नगरपालिका अझै पनि गाउँबाट नगर बन्ने क्रममै रहेको छ । नेकपा (एमाले) का स्थानीय नेता रणबहादुर महरा नगरपालिका प्रमुख हुनुहुन्छ । नगर प्रमुख महरासँग गोरखापत्र प्रदेश संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानी :
सदनमा उठेको विषयप्रति गम्भीर बन्न सरकारलाई आग्रह
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सदनमा उठेको विषयप्रति गम्भीर बन्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुसी
बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।
प्रदेश राजधानी दिपायलमा बनाउन माग
डोटीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गर्नुभएको छ।
एक हजार बढी खाद्य नमुना विश्लेषण
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मुहान सुकेपछि सुक्खाग्रस्त क्षेत्र घोषणा
पानीका मुहान सुकेपछि बैतडीको शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको छ । असी लाख रुपियाँ खर्च गरेर निर्माण भइरहेको खानेपानीको मुहान सुकेपछि शिवनाथ गाउँपालिका काकाकुल बनेको छ ।
निःशुल्क स्वास्थ्य उपचार
गौमूल गाउँपालिकाले आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य उपचार दिने निर्णय गरेको छ । पालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिका सभाले यसअघि कार्यान्वयनमा रहेका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र कडाइ गर्दै नयाँ नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रमा आयुर्वेदिकमार्फत सेवालाई निरन्तरता दिने अध्यक्ष रोकायाले जानकारी दिनुभयो । गौमूल गाउँपालिका–१ बाहेक सबै वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ ।
विश्वास जित्दै सहकारी
सहकारी संस्थाहरूले मासिक रूपमा हिसाबकिताब (आयव्याय) सार्वजनिक गर्न थालेका छन् । सहकारी विभागको निर्देशन अनुसार यहाँका सहकारीले नयाँ महिनाको पहिलो हप्ताभित्र हिसाबकिताब सार्वजनिक गर्ने गरेका हुन् । टीकापुर नगरपालिका–७, सत्तीक्षेत्रमा रहेका सामुदायिक सहकारी संस्थाले सार्वजनिक विवरण अनुसार असार मसान्तमा एक करोड ५७ लाख ९८ हजार सेयर पुँजी, पुस मसान्तसम्म पाँच लाखले वृद्धि भएको देखाएको छ ।
महिनावारीका बेला गोरस नदिने चलन
महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दुध, दहीलगायत) नदिने चलन कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ । महिनावारी भएका महिलालाई गोरस दियो भने गाई, भैँसी बिरामी हुने तथा कहिल्यै नब्याउने भन्ने भ्रम रहेको स्थानीय बाजुरावासी बताउँछन् । पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म उस्तै छ । महिनावारी भएका बेला महिलाले काटेको घाँस गाईभैँसीलाई पनि दिँदैनन् । छाउपडीले काटेको घाँस गाईभैँसीले खायो भने बिरामी हुन्छन् भनेर महिनावारी हुँदा महिलालाई घाँस पनि कटाउँदैनन् ।
फलफूल प्रशोधन उद्योग सञ्चालन
जिल्ला सदरमुकामको डोटी घटालमा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । उत्पादन सुरु गरेर बन्द भएको उद्योग पुनः सञ्चालन गरिएको हो । यहाँ उत्पादन हुने सुन्तला, मौसमलगायतका फलफूलका साथै सस उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो ।
वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु : नेता आले
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
सामुदायिक वनमा हतियार फेला
कैलालीको भजनी नगरपालिका-२ कटानपुरस्थित वनदेवी सामुदायिक वनमा हतियार फेला परेको छ ।
चिसोबाट किसानलाई पशु जोगाउन समस्या
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।
सम्पर्क नम्बरसहित प्रहरी घर घरमा
कमलबजार नगरपालिकाको हरेक घरका ढोकामा निलो स्टिकर नम्बरहरू टाँसिएका छन् । हत्या, हिंसा, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नागरिकलाई प्रहरीसँग सहज सम्पर्कका लागि नम्बरहरू टाँसिएका हुन् । इलाका प्रहरी कार्यालय कमलबजारले आपराधिक कार्य, विपत्, दुर्घटनाका सूचनामा सहजता र आवश्यक कानुनी कारवाहीका लागि सूचना प्रहरीसम्म पु्¥याउनका लागि घर घरमा सम्पर्क नम्बर टाँसिएको बताइएको छ ।
स्वदेशमै ‘लर्न एन्ड अर्न’ योजना बन्दै
सुदूरपश्चिम विश्वविद्यालयमा कृषिमा स्नातक पढेका पहिलो ब्याचका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल पठाउँदा पहिलो गाँसमै ढुङ्गा लागेपछि दोस्रो ब्याचका विद्यार्थीलाई स्वदेशमै सिक्ने र कमाउने योजना सुरु भएको छ । विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी इजरायल पठाउँदा गत असोज २० गते बिद्रोही हमास समूहको आक्रमणमा परी १० जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता र केही घाइते छन् ।