काँग्रेस र उन्मुक्तिको विरोधका कारण आधा घण्टा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बिहान बसेको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।
माओवादीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
नेकपा (माओवादी) केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
सीमा क्षेत्र दार्चुलामा माेटरेबल पुल निर्माण तीव्र
पश्चिमी नाका बैतडीको झुलाघाट र दार्चुलामा निर्माण हुने भनिएको मोटरेबल पुलमध्ये दार्चुलातर्फको पुल निर्माणले तीव्रता पाए पनि झुलाघाटमा भने कुनै सुरसार देखिएको छैन । दार्चुलातर्फको मोटरेबल पुलमा स्टिल ब्रिज राख्ने काम सुरु भएको छ ।
शुक्लाफाँटामा कृष्णसार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा संरक्षित कृष्णसार । निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङख्या बढेर हाल तीन सय बढी पुगेको छ ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
स्वास्थ्य शिविरका नाममा ठगी,नक्कली चिकित्सक पक्राउ
दिपायल सिलगढी नगरपालिका–४, राजपुरका कृष्णबहादुर कठायत वैशाख ३० गते स्वास्थ्य उपचारका लागि घरनजिकै सञ्चालन भएको स्वास्थ्य शिविरमा पुग्नुभयो । विशेषज्ञ डाक्टरसहितको टोलीले पाँच सय रुपियाँमा नयाँ प्रविधिबाट ‘होलबडी’ चेकजाँच गर्नुका साथै उपचार गरिरहेको जानकारी पाएपछि उहाँ स्वास्थ्य शिविरमा पुग्नुभएको हो ।
क्षयरोगीलाई पोषण
टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । क्षयरोगमुक्त पालिका अभियान सफल पार्न क्षयरोगको औषधी खाइरहेका बिरामीलाई पोषण वितरण गरेको हो । पोषणमा चामल, अन्डा, तेल, खाल, गेडागुडीलगायत तीन हजार रुपियाँ बराबरका सामग्री वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।
यार्चागुम्बा टिप्न विद्यार्थी लेकतिर
दार्चुला जिल्लाको उच्च हिमाली पाटनमा यार्चागुम्बा सङ्कलन कार्य सुरु भएको छ । अपि हिमाल गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी अभिभावकसँगै लेकतिर लागेका छन् । विद्यार्थी यार्चागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । विद्यालय खुले पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरेर विद्यालय बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो ।
नहरको इन्टेकमा बालक मृत फेला
कैलालीमा घरको आँगनमा खेल्नेक्रममा हराएका बालक आज कुलरिया नहरको इन्टेकमा मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका –२ चौरीका खेमराज सुनारको तीन वर्षका छोरा बखत सुनार इन्टेकमा मृत फेला परेका हुन् ।
सुदूरपश्चिम प्रदेशको साढे १० अर्ब बजेट खर्च
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल १० अर्ब ६४ करोड ६३ लाख रुपियाँ बजेट खर्च गरेको छ ।
भन्सार छलेर ल्याइएको १२ लाखको सामान बरामद
भन्सार छलेर भारतबाट ल्याइएको १२ लाख रुपियाँ बढीको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा नजाने नेकपा एमालेको निर्णय
नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको हो ।
सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने, सरकारमा नजाने
नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।
निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राी लाभान्वित भएका छन् ।
भारतीय बाटो हुँदै खलङ्गाको कुञ्चा व्याँस उक्लियो
दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ का व्याँसी सौका समुदायको कुञ्चा (बसाइसराइ) खलङ्गाबाट व्याँस पुगेको छ । सदरमुकाम खलङ्गाबाट भारतीय बाटो प्रयोग गरी व्याँसीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते बिहीबार विश्वासको मत लिनुहुने भएको छ । संविधानमा भएको व्यवस्थाबमोजिम उहाँले प्रदेश सभाबाट बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहीबार बिहान १०:१५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।
मुख्य सडकका खाल्टाखुल्टी टालिँदै
स्याउले–बागबजार–तुफानडाँडा बजार क्षेत्रको मुख्य सडकका खाल्टाखुल्टी वर्षौंपछि पुरिन थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग र महाकाली राजमार्ग क्षेत्रमा परेका खाल्टाखुल्टी बल्ल पुरिन थालिएको हो । २०५४ सालपछि मात्रै कालोपत्रे भएको महाकाली राजमार्गको यस खण्डमा परेका खाल्टाखुल्टी यसअघि २०७९ मङ्सिर महिनामा टालिएका थिए । चुनावको मुखैमा मङ्सिरको चिसोमा टालिएका खाल्टाखुल्टी चुनाव सकिए लगत्तै उप्किएको हो । सडक डिभिजन कार्यालय कुलपाते डोटीले एक करोड २० लाख रुपियाँ बराबरको ठेक्का सम्झौता गरी कालोपत्रे सडकमा ओभर ल्यापिङ गर्ने काम भइरहेको सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनुभयो ।
डुबेर एकको मृत्यु
डोटीमा खोलामा डुबेर रोल्पाका मजदुरको मृत्यु भएको छ । रोल्पा नगरपालिका-३ खुलेमका ३६ वर्षीय दीपेन्द्र घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालमैत्री धारा पाउँदा बालबालिका खुसी
बाजुराका अधिकांश विद्यालयमा बालमैत्री धारा निर्माण हुँदै भएपछि बालबालिकाहरू खुसी भएका छन् । पहिले विद्यालयमा झण्डै ३ देखि ४ पिट निर्माण गरिएका धारा प्रयोग गर्न समस्या भोग्दै आएका स-साना बालबालिकाहरूले पछिल्लो समय आफू अनुकूलका धारा पाएपछि उनीहरू खुसी भएका हुन् ।
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेसलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरूलाई पक्राउ गरेको हो ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
सिँचाइका लागि जनश्रमदानमा जुटे किसान
गहुँ बाली भित्र्याएसँगै किसान बर्खे बाली अर्थात् धान बालीको तयारीमा जुटेका छन् । धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसान जुटेका हुन् ।
पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान
कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।
वैदेशिक रोजगारीमा सिप अपरिहार्य
सिप अनुसारको काम र सम्मान पाउनका लागि सिप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने सुझाव यहाँ आयोजित एक कार्यक्रमका सहभागीले दिएका छन् । धनगढी उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आयोजित कार्यक्रममा विदेश जानै परेमा सिप सिकेर मात्रै जान सहभागीले जोड दिएका हुन् । नेपालबाट वैदेशिक रोजगारमा जानेमध्ये धेरै जसो अदक्ष कामदार हुने भएकाले श्रम शोषण र दुःख पाउने गरेको बताइएको छ।