• १६ माघ २०८१, बुधबार

सहिद घोषणाका लागि नाम सिफारिस गर्ने निर्णय

blog

भावना जोशी 

अत्तरिया, माघ १४ गते । सुदूरपश्चिम प्रदेश सरकारले बलदेव शाह (बाँकावीर) र लोकराज ढकाललाई सहिद घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्री परिषद्को बैठकले सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको ककड शान्ता मोतिपुरकोटमा जन्मनु भएका स्वर्गीय बलदेव शाह र कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरका स्वर्गीय लोकराज ढकाललाई सहिद घोषणाका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको हो । 

बलदेव शाह श्री ३ जङ्गबहादुर शाहको निरंकुश शासनविरुद्ध लड्दै गर्दा मारिनु भएको थियो । विसं. १९०४ र १९०५ मा निरंकुश राणातन्त्रको अत्याचार, सैनिकको दमन र भ्रष्टाचारविरुद्ध युद्ध गरेको र सोही युद्धलाई दबाउन जंगबहादुर राणाले  १९०६ मा बलदेबको हत्या भएको थियो ।

उहाँलाई नेपाल सरकारले सहिद घोषणा गर्नुपर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका तत्कालीन जिल्ला कार्यसमिति सदस्य लोकराजको द्वन्द्वको समयमा विद्रोही पक्षबाट राति घरमा सुतिरहेको अवस्थामा विसं. २०५५ साल माघ ४ गते  हत्या गरेको थियो ।