अविनाश चौधरी
धनगढी, फागुन ४ गते । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश सभा सचिवालयमा आयोजित समारोहमा उहाँहरूले शपथ ग्रहण गर्नुभएको हो ।
सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुल्सी देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।
उहाँहरूलाई सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।