• १४ वैशाख २०८२, आइतबार

सिगासमा पुग्यो बिजुली

blog

वासुलिङ समाचारदाता

बैतडी, फागुन ४ गते । बैतडीको च्वागढ क्षेत्रमा पर्ने दुर्गम सिगास गाउँपालिका–३ का ६३ घरमा एकै पटक विद्युत् सेवा पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको साझेदारीमा गाउँमा विद्युतीकरणको काम भएको हो । 

गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सोमबार एक कार्यक्रमका बिच विद्युत् सेवा सुरु गर्नुभएको छ । सिगासका लगन, ठुलीसैन, मुसुणा, दुलैना र चमडेखर्कका ६३ घरमा एकै दिन विद्युत् बालिएको वडाध्यक्ष अमरसिंह धामीले जानकारी दिनुभयो । सोही वडाका अन्य गाउँमा पनि विद्युत् लाइन जडानको काम भइरहेको उहाँले बताउनुभयो ।