जिप दुर्घटनामा तीन जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउनेक्रममा केहीबेर अघि धमेनानजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र सदस्यको नियुक्ति
प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा उपाध्यक्ष र सदस्य नियुक्त गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र दुई जना सदस्यलाई पद रिक्त भएको पाँच महिनापछि नियुक्त गरेको हो ।
आमाको सेवा : कोकिलाको अद्भुत प्रेम
अछामको मङ्गलसेन नगरपालिका–३, ओखरतोलाकी ६० वर्षीया कोकिला ढोलीले मातृभक्तिको उदाहरण प्रस्तुत गर्दै उपचारपछि आफ्नी ८३ वर्षीया आमालाई बोकेर घर फर्काउनु भएको छ ।
गुरुयोजनाले निर्माणले टुक्रे योजनामा बजेट हाल्ने प्रवृत्तिको अन्त्य हुन्छ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणले टुक्रे योजनामा बजेट हाल्ने प्रवृत्तिको अन्त्य हुने बताउनुभएको छ।
कैलालीको १३ वटै पालिकामा माओवादी नेतृत्व चयन
नेकपा (माओवादी केन्द्र) ले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्य समिति चयन गरेको छ । सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो ।
स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर
स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, स्वास्थ्य परीक्षणका लागि ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।
पतकरको जोहो
अछाम, पुस १८ गते । अछामको मङ्गलसेन नगरपालिका६ का महिलाहरु नजिकैको जङ्गलबाट पतकर बोकेर फर्किंदै । तस्बिरः रासस
हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी राजमार्गको बाँकी काम पूरा गर्न बजेट अभाव भएको छ ।
किस्ता पर्खाइमा विस्थापित परिवार
बाजुराको हिमाली गाउँपालिका–४ र ५ का बाढीपहिरोबाट विस्थापित परिवार लामो समयदेखि तेस्रो किस्ता रकमको पर्खाइमा छन् ।
कर्जा सहायकबाटै बिचल्लीमा सहकारी सदस्य
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको सहकारी संस्थामा कर्जा सहायक पदमा कार्यरत मीना शाहले सदस्यहरूको नामबाट ऋण लिई लामो समयसम्म ऋण नतिरेर फरार हुनुभएको छ ।
घोडाघोडीमा राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता
कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास
छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन्। राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक खेतमै बास बस्न बाध्य भएका हुन्।
बाह्र सय क्विन्टल कोदो निर्यात
बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ ।
नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार
माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ ।
लाइन काट्न थालेपछि महसुल तिर्ने बढे
नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रले बिल जारी भएको ६० दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काटन थालेपछि महसुल तिर्ने बढेका छन् ।
भ्वाङ टाले पनि जोखिम कायमै
कैलालीको घुरहा नदीस्थित घुरहा पुलछेउमा परेको भ्वाङ टालटुल पारिए पनि जोखिम कायमै रहेको छ ।
बन्ध्याकरण गर्नेमा एकानब्बे प्रतिशत महिला
कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा ९१.४० प्रतिशत महिला रहेका छन् ।
जलयात्रा गर्दै सम्पन्न भयो मेयर फोरम
नेपाल भारत सिमा नदी महाकालीमा पहिलो पटक व्यावसायिक रुपमा जलयात्रा (र्याफटिङ) को सुरुवात गर्दै प्रमथ सुदूरपश्चिम मेयर २०८१ सम्पन्न भएको छ ।
नदी नियन्त्रण प्रयास
कैलाली, पुस १६ गते । कैलालीको जानकी गाउँपालिका ६ कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयाेजनाले गरेको तटबन्ध कर्णाली नदीले बगाएपछि नदी नियन्त्रणका लागि किनारामा राखिएका ठुला ढुङ्गा । यो विधि नदी नियन्त्रणका लागि प्रभावकारी भएको छ । तस्बिरः रासस
बैतडीको सिगास क्षेत्रमा ४.६ म्याग्निच्युडको भूकम्प
बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।
‘सम्भावनालाई सम्भव बनाउन नीति बदलौँ, लगानी बढाऔँ’
सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट शासन हुन थालेको सात वर्षभन्दा बढी समय बितिसकेको छ । शासनका लाभहरूको समन्यायिक वितरणका लागि देशमा तीन तहका सरकार छन् ।
भुवा, भस्सोको रौनक सुरु
बाजुराका अधिकांश गाउँबस्तीमा सोमबारदेखि भुवा र भस्सोको रौनक छाएको छ ।
पाक्दै ढुकढुक्या रोटी
बाजुरामा पुस १५ मनाउने प्रचलन कायमै छ । यहाँका महिला तथा किशोरीले पुस १५ को राति चामल पिसेर बनाएको ढुकढुक्या (एक प्रकारको रोटी) बनाउने गर्छन् ।
ओत संरक्षणका लागि अनुगमन
आइयुसिएनको रातो सूचीमा रहेको ओत (थारू भाषामा उदुवा) संरक्षणका लागि सञ्चालन भएको समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजनाको अवस्थाबारे स्थलगत अनुगमन गरिएको छ ।