• ६ चैत २०८१, बुधबार

प्रदेश प्रमुख देवकोटाद्वारा स्वरोजगार मेलाको अवलोकन

blog

सीप तथा रोजगार मेला अवलोकन क्रममा सहभागीसँग अनुभव साटासाट गर्नुहुँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

अविनाश चौधरी

धनगढी, चैत ६ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गर्नुभएको छ । गृह जिल्ला आएको बेला उहाँले सीप तथा स्वरोजगार मेलाको अवलोकन गर्नुभएको हो ।

मेला अवलोकनका क्रममा सीप सिक्दै गरेकाहरुसँग आफ्नो अनुभव साटासाट गर्नुका साथै प्रदेश प्रमुख देवकोटाले स्वरोजगार बन्ने सुझाव पनि दिनुभयो । 

धनगढीमा होजियारी उद्योग सञ्चालन समेत गर्नुभएका देवकोटाले रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो । 

प्रदेश प्रमुख देवकोटासँगै उहाँकी धर्मपत्नी एवम् उद्यमी रुक्मणि देवकोटा पनि सहभागी हुनुहुन्थ्यो । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराउनुभयो ।   

एक महिनासम्म सञ्चालन हुने स्वरोजगार मेलामा एक हजार ४० जनाले सीप सिकीरहेका छन् । २९ विधामा सीप सिकाइको काम भइरहेको रानाले बताउनुभयो ।