• ४ चैत २०८१, सोमबार

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा बम नियुक्त

blog

मुख्यमन्त्री शाहबाट प्रेस सल्लाहकारको नियु्क्तिपत्र बुझ्दै पत्रकार डम्मर बम ।

अविनाश चौधरी

धनगढी, चैत ४ गते । पत्रकार डम्मरबहादुर बम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शाहले आज उहाँलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

प्रेस युनियनको नेतासमेत रहनुभएका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ २०६२ सालदेखि पत्रकारितामा आबद्ध रहनुभएको छ । विगतमा धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गर्नुभएका बम पछिल्लो समय न्युज दैनिकमा कार्यरत हुनुहुन्छ ।