अविनाश चौधरी
धनगढी, चैत ४ गते । कैलालीको धनगढी–अत्तरिया छ लेन सडकमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो । उहाँले चलाएको सुपप्र. ०१–००९ प. १२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आइतबार राति पुलमा ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएर गम्भीर सुवेदीको सेती प्रादेशिक अस्पतालमा उपचारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
मोटरसाइकलमा पछाडि सवार बाजुराको बुढीनन्दा गाउँपालिका–४ का २४ वर्षीय जनक रोकाया घाइते हुनु भएको छ । उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।