• ६ वैशाख २०८२, शनिबार

घरमा चट्याङ पर्दा दिदीबहिनी घाइते

blog

शिवराज ढुंगाना 

अछाम, चैत ३ गते । आइतबार बेलुकी घरमा चट्याङ पर्दा अछाममा दिदीबहिनी घाइते भएका छन् । मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीया मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका हुन् । 

घाइतेमध्येकी मेनुकाको बाहिरी चोट नभए पनि बोल्न नसक्ने र निर्मला भने सामान्य घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ । घाइतेको उपचारका लागि एम्बुलेन्समार्फत जिल्लाकै वयलपाटा अस्पताल ल्याइएको छ । 

स्थानीय रतिराम बोहराका २ तलाको चार कोठाको घरमा चट्याङ परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।