• १३ वैशाख २०८२, शनिबार

अत्तरियामा पूर्व सूचना अभिवृद्धि तालिम

blog

छलफलमा सहभागी र वक्ता । तस्बिर : भवानी दत्त भट्ट

भवानी दत्त भट्ट

कञ्चनपुर, चैत ९ गते। विश्व हिमनदी, जल र मौसम दिवसका अवसरमा कैलालीको अत्तरियामा विशेष कार्यक्रम सुरु भएको छ। शनिबाददेखि दुई दिने विपद् पूर्व सूचना अभिवृद्धि तामिलको आयोजना गरिएको हो। महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाको आयोजना तथा विभिन्न १४ गैरसरकारी संघ संस्थाको सहयोगमा दुई दिने पूर्व सूचना क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो।

जल तथा मौसम विज्ञान महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर संजयकुमार साह अनुसार, महाकाली वेसिन फिल्ड कार्यालय गेज रिडर क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने तालिमको आयोजना गरिएको हो। 

अहिले ३३ मानव स्वचालित बाढी मापन केन्द्र, ४३ स्वचालित बाढी मापन केन्द्र, ६४ वर्षा मापन केन्द्र र २२ स्वचालित केन्द्र रहेका छन्। तर विपद् पूर्व पाउनुपर्ने सूचना र तथ्यांक संकलनमा भने ती केन्द्रले सही सूचना दिन नसक्दा बाढीबाट ठुलो धनजनको क्षति पुगेको गुनासो बढ्दै गएको छ। 

आगामी दिनमा भने विपद् जन्य घटनाबाट जोगिन मौसम पूर्वानुमान क्षेत्रमा कार्यरत केन्द्रले समयमै वास्तविक तथ्याङ्क सङ्कलन गरी समयमै सूचना उपलब्ध गराउन कार्यक्रममा सहभागीले आग्रह गरेका छन्। 

कार्यक्रममा बाढी प्रभावित क्षेत्रका स्थानीयसहित निड्स नेपाल, मर्सिकोरलगायत सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ। 

कार्यक्रमका प्रमुख अतिथि जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले जल तथा मौसम अवलोकनकर्ताले तोकिएको जिम्मेवारी इमान्दारी र ऊर्जापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो। मौसमको कुनै सीमा नहुने भएकाले उपलब्ध गराएको तथ्याङ्कलाई सबैले हेर्ने भएकाले सही र वास्तविक सूचना सङ्कलनमा उहाँले जोड दिनुभयो।