• ७ चैत २०८१, बिहिबार

बलात्कार गरेको आरोपमा किशोर पक्राउ

blog

अविनाश चौधरी

धनगढी, चैत ७ गते । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । 

बुधवार अपराह्नतिर किशोरी बलात्कृत भएको खबर प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीडित किशोरीको स्वास्थ्य चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जनाइएको छ ।