हराउँदै हलगोरु पाल्ने चलन
बाजुरामा पछिल्लो समय गाउँमा हलगोरु पाल्ने चलन विस्तारै हराउँदै गएको छ । यहाँका प्रत्येक किसानले खेती लगाउनका लागि घर घरमा हलगोरु पाल्ने गर्थे ।
पार्टी एकतालाई लिएर कार्यकर्ता उत्साहित
आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन् ।
मुख्यमन्त्री शाहले उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेट्नु हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई भेट्नु हुने भएको छ।
प्रदेश सरकारले साँफेबगर आगलागी पीडितका लागि १० लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर आगलागी घटनाका पीडित परिवारलाई राहत सहयोगका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।
साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति
साँफेबगर नगरपालिका–३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति भएको छ ।
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गर्नुभएको हो ।
घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै
लोकतन्त्र स्थापना भएको १९ वर्ष बितिसक्दा पनि समाजमा दलित भनिएका समुदायले उत्पादन गरेको दुध अझै चल्न सकेको छैन ।
विकटका नागरिक आयोडिनको पहुँचमा
सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुलाका नागरिक आयोडिनयुक्त नुनको सहज पहुँचमा पुगेका छन् ।
मुख्यमन्त्री शाह भारत भ्रमणमा जाने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा जाने हुनुभएको छ ।
साँफे हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट
साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् । शनिवार बिहान साढे ३ बजे साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा आगलागी हुँदा १० पसल जलेर नष्ट भएका हुन् ।
प्रदेश सरकारले कृषि, पर्यटन योजनालाई प्राथमिकता दिने
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि, पर्यटन, पूर्वाधार, उर्जालगायत क्षेत्रका योजनालाई प्राथमिकता दिने जनाएको छ ।
कैलालीमा प्रदेशस्तरीय होमस्टे महोत्सव हुने
कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ।
बुढीगङ्गा नदीमा डुबेर युवकको मृत्यु
बाजुराको बुढीगङ्गा नदीमा डुबेर एक जनाको युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षका गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
२०७२ यता नेपालमा ८३७ पटक भूकम्प
केन्द्रका भूकम्पविद् तारा पोख्रेलले २०७२ साल वैशाख १२ गतेदेखि हालसम्म नेपालमा ८३७ पटक चार रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको बताउनुभयो । उहाँले साना ठुला सबै गरेर नेपालमा ५५ हजारभन्दा धेरै पटक भूकम्प गएको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारको लगानीमा आठ पुल बन्ने
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ वटा पुल बन्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।
प्रदेश सरकारद्वारा विद्यालय संरचनामा लगानी
सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट दार्चुलाका सामुदायिक विद्यालयमा यस वर्ष थप पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेका छन् ।
रोगव्याधि लाग्न नदिन भजहर पूजा
प्रकृतिपूजक थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन छ ।
पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर
३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् ।
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।
सातुसामल बोकेर यार्चागुम्बा सङ्कलनमा
दार्चुलाका स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने समय सुरु भएको छ । सङ्कलन समय सुरु भएसँगै स्थानीय यार्चागुम्बा पाइने पाटनमा पुग्न थालेका छन् ।
रानाको मृत्युको निष्पक्ष छानबिन माग
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानालाई हत्या गरेको भन्दै निष्पक्ष छानबिनका लागि परिवारजनले माग गरेका छन् । राना मङ्गलबार बिहान जलेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।
सडक कालोपत्रे योजना अन्योलमा
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन क्षेत्र जोड्ने जयगढ–रामरोशन सडकखण्डको कालोपत्रे योजना दुई वर्षदेखि ठप्प छ । निर्माण ठप्प हुँदा स्थानीयवासी र पर्यटक दुवैले सास्ती भोगिरहेका छन् ।
अपि हिमालमा बढ्दै आकर्षण
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो दार्चुलाको अपि हिमाल विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ । सो हिमाल सात हजार १३२ मिटर उचाइमा छ ।