सेती नदीमा बेपत्ता भएकाको शव तीन दिनपछि फेला
सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिका-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।
कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि जनजागरण अभियान
वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ ।
अतिक्रमणमा परेको पुरैना ताल ब्युँताइँदै
कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ । ७९.२१ हेक्टर जमिनमा फैलिएको सो ताल ब्युँताउने प्रयास गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुनर्निर्माणका लागि आठ वटा जेसिबीबाट तालको १० फिट चौडाइ र पाँच फिट उचाइको तीन हजार पाँच सय मिटर ड्याम निर्माण कार्य सुरु गरेको छ ।
पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै
बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ ।
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेशसभा सदस्य टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ ।
सामाजिक सुरक्षा भत्ता घर घरमै
बुढीनन्दा नगरपालिकाले अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक र एकल महिलालाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखाको सहकार्यमा वडा नं. ४ मा पर्ने कुरुक्षेत्रका ज्येष्ठ नागरिकलाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष जुल्फे रोकायाले बताउनुभयो । कुरुक्षेत्र राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखादेखि एक दिन पैदल यात्राको दुरीमा पर्दछ, ज्येष्ठ नागरिकलाई कुरुबाट कोल्टी आउनजान दुई दिन लाग्ने गर्छ ।
विद्युत् योजना अलपत्र, अँध्यारोमा स्वराडवासी
करिब आठ करोड रुपियाँ लागतमा बन्ने भनिएको ३३ केभी मेलौली सबस्टेसन निर्माणको काम अलपत्र परेको छ । उक्त काम १८ महिनामा पूरा गरिसक्नुपर्ने सम्झौता भए पनि छ वर्षसम्म पूरा नहुँदा ६० हजार जनसङ्ख्याको बिजुली बाल्ने सपना अधुरै रहेको छ । तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बिजुली बाल्न विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले आर्थिक वर्ष २०७५/७६ मा आठ करोड ३२ लाख २९ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको थियो ।
बिउ, विषादी र अन्डा सँगै राखेर बिक्री
स्थानीय एग्रोभेटबाट म्याद सकिने मिति अथवा उत्पादन मिति र बिउ लगाउनेसम्बन्धी जानकारीबिनाका बिउहरू बिक्रीवितरण भइरहेका छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि वस्तुको उत्पादन मिति, म्याद सकिने मिति र कुनै निश्चित समयभित्र उपभोग वा प्रयोग गरिसक्नुपर्ने जानकारी खुलाउनुपर्ने व्यवस्था रहेको छ ।
शुक्लाफाँटामा राज भद्राई
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राज भद्राई चरा पुनः देखा परेको छ । शुक्लाफाँटाको घाँसे मैदानमा सो चरा देखिएको हो । गत वर्ष मार्चमै राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले पहिलो पटक सो चरा निकुञ्जको घाँसे मैदानमा अभिलेख गर्नुभएको थियो । त्यसयता राज भद्राई चार पटक निकुञ्जमा फेला परिसकेको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । डङ्गौरासहित चराप्रेमीहरू महानन्द जोशी, सुवन चौधरी र गोपाल चौधरीको टोलीले राज भद्राई देखेको जनाएका हुन् ।
आयोडिनयुक्त नुन अभाव
बैतडीको दुर्गम गाउँमा अझै पनि आयोडिनयुक्त नुन खान नपाउने परिवार भेटिएका छन् । जिल्लाको सिगास गाउँपालिकाको दलित बस्तीमा आयोडिनयुक्त नुन खान नपाउँदा गलगाँडको समस्या झेलिरहका बिरामी भेटिएका छन् । सिगास गाउँपालिका–६, थलाकी महामती विक गलगाँडको समस्याबाट पीडित हुनुहुन्छ । महामतीका श्रीमान् बितेको पाँच वर्ष भयो । छोराछोरी छैनन् । साँझबिहानको छाक टार्न धौ धौ परेका बेला उहाँलाई गलगाँडको उपचार गर्न सकस भएको छ ।
आम्दानीको स्रोत बन्दै ‘अटोरिक्सा’
बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बनेको हो ।
चुरे पहाडका अधिकांश वनमा डढेलो फैलिँदै
कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ ।
बझाङमा एमालेका भण्डारी विजयी
बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । उहाँले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी हुनुभएको हो ।
बझाङमा एमालेको अग्रता कायमै
बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै छ । भण्डारीले १० हजार ३६३ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३५४ मत प्राप्त गर्नुभएको छ ।
रोकिएन सामुदायिक वनमा लागेको डढेलो
बाजुराका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा यती बेला दिनप्रतिदिन आगलागी हुने क्रम बढ्दै गएको छ ।
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बझाङमा पुनः एमालेका उम्मेदवार अगाडि
बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पुनः अग्रता लिनुभएको छ । भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गर्नुभएको छ ।
सदरमुकाममै खानेपानी समस्या
सदरमुकाम अमरगढी खलङ्गा क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी घटेपछि खानेपानीको हाहाकार नै मच्चिएको हो । जिल्ला सदरमुकाम क्षेत्रमा चैतको दोस्रो सातादेखि खानेपानीको समस्या सुरु भएको थियो । महाभारत पर्वत क्षेत्रबाट ल्याइएको पानीको मुहान नै सुकेपछि खानेपानी समस्या उत्पन्न भएको हो ।
बझाङमा कांग्रेसका सिंह २८४ मतले अगाडि
बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सोमबार बिहानको मतगणनाअनुसार कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले आठ हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।
कैलालीमा बढ्दै आगलागी, नियन्त्रणमा चुनौती
चर्को गर्मीसँगै कैलालीका विभिन्न स्थानमा आगलागीका घटना बढ्न थालेका छन् । केही दिनयता १६ स्थानमा आगलागी भएको प्रादेशिक विपत् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सो कार्यालयका अनुसार आगलागीबाट लाखौँको धनमाल क्षति भएको छ । कतिपय विद्युत् सर्ट भई र धेरै ठाउँमा मानवीय लापर्बाहीका कारण आगलागी भइरहेको केन्द्रले जनाएको छ । गहुँको नल जलाउन कोहीकसैले खेतमा लगाएको आगो अन्यत्र सल्किएर धेरै ठाउँमा आगलागी भएको छ । यही १२ गते विभिन्न स्थानमा लागेको आगोबाट ६१ लाख पाँच हजार रुपियाँ बराबरको क्षति भएको छ ।
बझाङमा कांग्रेसको अग्रता
बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राख्नुभएको छ । सोमबार बिहानको मतगणना परिणामअनुसार उहाँले आठ हजार २२७ मत प्राप्त गर्नुभएको छ ।
बझाङमा एमालेका भण्डारी कांग्रेसका सिंहभन्दा भन्दा ६७४ मतले अगाडि
बझाङ क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २६३८ मत प्राप्त गर्नुभएको छ ।
बझाङमा एमाले उम्मेदवार भण्डारीको अग्रता कायमै
बझाङ क्षेत्र नं. १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २०८७ मत प्राप्त गर्नुभएको छ ।
बझाङमा एमाले उम्मेदवार भण्डारी ५९२ मतले अगाडि
बझाङ १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको छ । उहाँले १५९२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार मत ल्याउनुभएको छ ।