चार गोलिया काठसहित तीन पक्राउ
साझेदारी वन क्षेत्रबाट काठ चोरी गरेको आरोपमा कैलालीमा चार गोलिया काठसहित तीन जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी र सव डिभिजन वन कार्यालय मसुरियाबाट खटेको वनकर्मीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बनारसी मेलाका मुख्य पुजारी दलित
दलित समुदायका व्यक्ति मुख्य पुजारी हुने बैतडीको प्रसिद्ध विश्वनाथ ज्योर्तिलिङ्ग बनारसीधामको मेला सम्पन्न भएको छ । सो मेलाका लागि पाटन नगरपालिकाले शुक्रबार सार्वजनिक बिदासमेत दिएको थियो ।
विपिन रिहाइको पहल भइराखेको छ : परराष्ट्रमन्त्री डा. राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताउनुभएको छ।
भलमनसा ऐन बनाउन अघि बढ्यो सरकार
बडघर र भलमनसा प्रथाको विकास तथा प्रवर्द्धधन लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको छ। प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धी ऐन निर्माणको प्रक्रिया अगाडि बढाएको हो।
महिला नेतृत्वमा प्रभावकारी वन संरक्षण
भजनी नगरपालिका –७ वनगाउँका मनसरी चौधरीले सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व गरेको डेढ दशक भइसक्यो । चौधरीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति रहेको महिलाले १५० हेक्टर वन संरक्षण गर्दैआएका छन् । वनको अवस्था पहिलेभन्दा अहिले सुध्रिएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढीमा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आइपुग्नु भएको छ ।नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि शुक्रबार बिहान उहाँ धनगढी आइपुग्नु भएको हो । बुद्ध एयरको नियमित उडानबाट उहाँ धनगढी आउनुभयो ।
ट्याक्टरबाट खसेर कैलालीमा एक महिलाको मृत्यु
ट्याक्टरबाट खसेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । ट्याक्टरबाट खसेर जोशीपुर गाउँपालिका–५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो ।
फरेन्सिक रिपोर्टमा देखिएन चोट
कञ्चनपुर प्रहरीले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको शव परीक्षण रिपोर्टमा भित्री र बाहिरी चोट नदेखिएको जनाएको छ ।
पुलको भ्वाङ प्रदेश सरकारले मर्मत गर्ने
कैलालीको घुरहा नदीस्थित घुरहा पुलमा परेको भ्वाङ सुदूरपश्चिम प्रदेश सरकारले टालेर मर्मतसम्भार गर्ने भएको छ ।
स्मार्ट बोर्डबाट पढाइ, शतप्रतिशत नतिजा ल्याउने लक्ष्य
सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन ज्ञानेश्वर माविले कक्षा १ देखि १२ सम्म कम्युटर, प्रोजेक्टर र स्मार्ट बोर्डमार्फत् पठनपाठन गरेर शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको छ।
भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने
नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम रावलले यही माघ २६ गते धनगढीमा जागरण भेलाको आयोजना गर्ने जानकारी दिनुभएको छ ।
नेता कलौनीको मुटु परीक्षणका लागि पठाइयो
कञ्चनपुरका कांग्रेस नेता अच्युतराज कलौनीको पोस्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएको देखिएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ ।
'ठुला भवन र चौडा सडक बनाउनु विकास होइन'
ठुला भवन र चौडा सडक बनाउनु मात्रै विकास नभएको सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले बताउनुभएको छ ।
वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहन्छ : उपाध्यक्ष थापा
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा (बादल) ले वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाले सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले भन्नुभयो, ‘‘यो गठबन्धन सरकार ८४ सम्मै जान्छ ।’’
घुरहा पुल जोगाउन ५० लाख बजेट
कैलालीको घुरहा नदीमा रहेको घुरहा पुल जोगाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट खर्च गर्ने भएको छ ।
अस्पतालको शौचालयमा युवक मृत फेला
कैलालीको धनगढीस्थित नोभा अस्पताल प्रालिको शौचालयमा एक युवक मृत भेटिनुभएको छ ।
कैलालीकाे जीर्ण गर्भादरबार
कैलाली, माघ २४ गते । कैलालीको चुरे गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक गर्भादरबार । संरक्षण अभावमा उक्त दरबार जीर्ण बन्दै जान थालेको छ । तस्बिरः रासस
एक सय पचासी वर्षपछि भेटियो ओत
नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत (एसियन स्मल क्लावड ओत) १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ ।
सत्कर्ममा लागेकालाई प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री शाह
मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गर्नुभयो ।
ग्रामीण सडक कालोपत्रे गरिँदै
बाजुराको त्रिवेणी नगरपालिकाका नौ वटा वडामध्ये आठ वडा ग्रामीण सडकको पहुँचमा रहेका छन् ।
भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले खोज पत्रकारिताले महत्त्वपूर्ण विषयको खोजी गर्ने भए पनि व्यक्तिगत कुरा उचालेर सामाजिक, पारिवारिक, राजनीतिक जीवन समाप्त पार्ने काम भइरहेको बताउनुभएको छ ।
डेढ लाखभन्दा बढीलाई एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान मङ्गलबारदेखि सुरु भएको छ । स्थानीय तहले आआफ्नो पालिकामा एचपिभी खोप अभियानको सुरुवात गरेका हुन् ।
शुक्लाफाँटामा निःशुल्क आँखा शिविर
शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् ।
दैलेखमा ४.४ म्याग्निच्यूडको भूकम्प
दैलेख जिल्लामा बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी क्षेत्र नजिक केन्द्र भएर भूकम्प गएको हो।