भिरबाट लडेर महिलाको मृत्यु
घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
संसदीय समितिका सभापतिद्वारा शपथ ग्रहण
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
दुई दिनपछि उठाइयो माना टेलरको शव
गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्याएर दाहसंस्कार गर्नुभएको छ ।
चार सभापति निर्विरोध निर्वाचित
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको चार संसदीय समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल निर्वाचित हुनु भएको छ ।
सिगासमा पुग्यो बिजुली
बैतडीको च्वागढ क्षेत्रमा पर्ने दुर्गम सिगास गाउँपालिका–३ का ६३ घरमा एकै पटक विद्युत् सेवा पुगेको छ ।
‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण
स्थानीय तह र प्रदेश सरकारले ठुलो बजेट खर्च गरेर सिमेन्टका मन्दिर बनाउँदा पुरातात्त्विक सम्पदाका रूपमा रहेका माणौ (माडौँ) को अस्तित्व सङ्कटमा परेको छ ।
तरकारीखेतीबाट सात लाख आम्दानी
शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । दुई दशकदेखि तरकारीखेती गर्दै आउनुभएका उहाँले डेढ बिघा जग्गा भाडामा लिनुभएको छ ।
प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ ।
संसदीय समितिका सभापतिको निर्वाचन आज
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिका सभापतिको आइतबार निर्वाचन हुँदै छ ।
वारिपारि बिहेबारी कायमै
कुनै बेला नेपाल–भारतका थारूबिच लगनगाँठो निकै कसिन्थ्यो । सीमा आसपास बस्ने उनीहरूले विवाह सम्बन्ध बलियो बनाएका थिए ।
श्रीमहल उत्खननमा जनशक्ति अभाव
पुरातत्व विभागले सुरु गरेको श्रीमहलको भग्नावशेष उत्खननको काम दक्ष जनशक्तिको अभावमा सुस्त गतिमा छ ।
मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश
मलामी जाने मानिस नपाउँदा बैतडीका प्रकाश टेलर दमाई आँगनमा आमाको शव कुरेर बस्नु भएको छ ।
क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान
हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद साधना सम्मानबाट सम्मानित हुनु भएको छ।
चार सभापतिको उम्मेदवारी दर्ता
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका चार वटा संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा सचिवालयले तय गरेको निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिका लागि चार जनाको उम्मेदवारी परेको हो ।
निर्माणाधीन शीत भण्डार
कैलाली, फागुन ३ गते । कैलालीको जोशीपुर गाउँपालिकामा निर्माणाधीन शीत भण्डार । कृषि क्षेत्रमा उर्वर मानिने जोशीपुरमा शीत भण्डार निर्माण भएपछि किसानहरूलाई उत्पादित वस्तुको भण्डारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तस्बिरः रासस
संसदीय समितिका सभापतिको निर्वाचन घोषणा
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन घोषणा गरेको छ ।
थारूको हत्यारा २० वर्ष पछि पक्राउ
बर्दियामा २० वर्ष अघि हत्या गरी फरार रहेका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरेको छ । २०६० ज्येष्ठ १५ गते बर्दियाको साबिक मानपुर टपरा –७ हालको राजापुर नगरपालिका वडा न ८ बस्ने २८ वर्षीय बन्धु थारुको हत्या गरी फरार रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
अक्सिजन प्लान्ट हुँदाहुँदै सिलिन्डर भर्न धनगढी
जिल्ला अस्पताल बैतडीमै अक्सिजन सिलिन्डर भर्ने प्लान्ट भए पनि यहाँका स्थानीय तहका स्वास्थ्य संस्था सिलिन्डर भर्न धनगढी पुग्ने गरेका छन् ।
पानी प्रशोधनका लागि प्लान्ट निर्माण
बृहत् मार्तडी खानेपानीले पानी प्रशोधन गर्नका लागी (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरेको छ । बाजुरा सदरमुकाम मार्तडीको बडीमालिका नगरपालिका–८ मा रहेको सो खानेपानीलाई प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको हो ।
टीकापुरलाई गुलाबी पर्यटकीय शहर बनाइँदै
प्रणय दिवसको अवसर पारी टीकापुरमा गुलाब रोप्ने काम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर अभियानको शुभारम्भ गर्नुभएको छ ।
पानीघट्टमा पिठो पिस्दै अछामवासी
अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानीघट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ ।
कार्यसम्पादनमा त्रिवेणी पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको आधारमा जिल्लाको त्रिवेणी नगरपालिका पहिलो भएको छ ।
उखु खेती घट्दै
वन्यजन्तुको क्षति बढ्दै जाँदा बैतडीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । बँदेल र बाँदरले क्षति गर्ने र मिहिनेत तथा लागत अनुसार फाइदा नहुँदा उखु खेती कम भएको हो ।
कार्यसम्पादन क्षमता बढाउँदै सरकार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ७६० वटा सरकारको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ ।