• २१ वैशाख २०८२, आइतबार

कैदीबन्दीलाई शैक्षिक सामग्री सहयाेग

blog

कैदीहरूका सामग्री हस्तान्त्रण गर्नुहुँदै मन्त्री शार्की ।

भवानी  दत्त भट्ट

बेलौरी (कञ्चनपुर), वैशाख २१ गते । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा शार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ । 

आइतबार कैदीहरूलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । 

पाँच दिने योग शिविरमा योगगुरु गणेश भट्ट, पवनकुमार पनेरु र इश्वरीबम चन्दले प्रशिक्षण गराइरहनुभएको छ । कारागारमा हाल क्षमता भन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् । 

९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरी ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस. २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अहिले जिर्ण अवस्थामा रहेको छ । तालिमको उद्दघाटन गर्नुहुँदै मन्त्री शार्कीले कारागारको नयाँ भवन निर्माणका लागी मन्त्रालयले यसै वर्षदेखी प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउनुभयो । 

गत आर्थिक वर्षमा मन्त्रालयले ३४ कोठे नयाँ कारागार भवन निर्माणका लागि भन्दै रातोकिताबमा ५० लाख विनियोजन गरिएको थियो । तर भवन निर्माणका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढन नसक्दा कैदी व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनका जेलर रामदत्त जोशीले बताउनुभयो ।  भवन निर्माण प्रक्रिया सिघ्र अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।