• ६ पुस २०८२, आइतबार

सप्तरीको कञ्चनरुपमा आगलागीपछि झडप

दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

blog

नेपाल प्रहरी, कञ्चनरुप नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । गोठमा मा आगलागी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस ६ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन् । शनिबार साँझ स्थानीय मो. दाबुदको फुसको गोठमा राखिएको परालको टालमा अचानक आगलागी भएको थियो ।

स्थानीय मो. जमिलले आगो लगाएको भनी मो. दाबुदले आरोप लगाएपछि दुबैबिच विवाद झै–झगडा हुँदा जमिलले कुटपिट र अहमदले चुलेसी प्रहार गर्दा दाबुदको दाहिने तिघ्रा चोट लागि घाइते हुनुभएको छ भने उहाँका आमा मरियम खातुनको हातको चोरी औलामा सामान्य चोट लागेको बताइएको छ ।

दुबैजनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरी उपचार भइरहेको इलाका प्रहरी कार्यालय सप्तरीका प्रहरो नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

चुलेसी हान्ने र कुटपिटमा संलग्न स्थानीय ४० वर्षीय मो. जमिल, २६ वर्षीय सुलतान र सलाम, २५ वर्षीय ऐजरायल तथा अहमद फरार रहेकोमा उहाँहरुको खोजतलास भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

विवाद हुनु अघि दाबुदको गोठमा भएको आगलागीबाट एक लाख ५० हजार रुपियाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।