कैदीबन्दीलाई शैक्षिक सामग्री सहयाेग
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा शार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।
पूर्णागिरीबाट फर्केका ४० तीर्थयात्री बिरामी
। पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्केका कैलालीको एकै वडाका ४० जना बिरामी परेका छन् । बाटो छेउछाउमा बेचिने खाना खाएर उनीहरु बिरामी परेका हुन्।
चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान घाइते
चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।
छाउगोठ बस्न छाडे महिला
१३ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि छाउगोठमा बस्न सुरु गर्नुभएकी अछामको चौरपाटी गाउँपालिका–२की जानकी साउद १६ वर्षकी हुनुभयो । उहाँ महिनैपिच्छे छाउको पालो आएपछि छाउगोठ बस्नुपर्ने बाध्यताले चिन्तित हुनुहुन्थ्यो ।
पण्डितले गरे दलित बस्तीमा विभिन्न कर्मकाण्ड
बैतडीका एक ज्योतिष पण्डितले दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्नुभएको छ ।
एआईको चेतनाका लागि काम गर्छौ : मन्त्री खड्का
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताउनुभएको छ।
मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता
भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ।
तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग
सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।
बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण
शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ ।
कैलालीमा कुप्रथा रोक्न छाउगोठ भत्काइयो
कैलालीमा कुप्रथा र कुलत रोक्न धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ४५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
मोबाइल र टर्च चार्ज गरेको रु. १० !
तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ ।
पदयात्रा प्रतियोगिता सम्पन्न
कैैलालीको चिसापानी–धुलिकोट पदयात्रा प्रतियोगिता सम्पन्न भएकोे छ । नवलसिंह रावल फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घा
पँधेरा मासिए, धाराको मूल सुक्यो
तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा आउन थालेपछि अहिले कुवाको तथ्याङ्क छैन । कुवा पँधेरा छाडेर धारामा आइपुग्दा मुहान सुक्न थालेपछि जिल्लाभरि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको छ ।
सुदूरपश्चिमको विकासमा सहयोग गर्न भारतलाई आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह गर्नुभएको छ । एकहप्ते भारत भ्रमणको क्रममा बिहीबार दिल्लीमा भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहसँगको भेटवा
विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण एकसाथ सुरु
दार्चुलाका सामुदायिक विद्यालयमा शुव्रmबारदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्ने कार्य एकसाथ सुरु भएको छ । विभिन्न माग राख्दै सडक आन्दोलनमा रहेका शिक्षक र सरकारबिच सहमति भएसँगै जिल्लाका नौ वटै स्थानीय तहमा एकसाथ नयाँ शैक्षिक सत्रको गतिविधि सुरु भएको हो ।
नेपाली हाते कागज उद्योग सङ्कटमा
बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हाते कागज उद्योग पछिल्लो समय सङ्कटमा परेका छन् । बिक्रीका लागि जिल्लामै बजार नपाउनु तथा स्थानीय तहले अनुदानका कार्यक्रम नहुँदा पछिल्लो समय जिल्लामा सञ्चालन हुँदै आएका नेपाली हाते कागज उद्योग सङ्कटमा पर्न थालेका हुन् ।
अभियानले जनतासँग नयाँ सम्बन्ध कायम गरेको छ : पोखरेल
नेकपा (माओवादी केन्द्र) ले थालेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानले जनतासँग नयाँ सम्बन्ध कायम भएको सो पार्टीका उपमहासचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बताउनुभएको छ ।
बैतडीका बिस हजार परिवार स्वास्थ्य बिमामा आबद्ध
केशव राज भट्ट बैतडी, वैशाख १९ गते । बैतडीका २० हजार ८३ परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । अहिलेसम्म २० हजार ३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका दस ओटै स्थानीय तहमा संयोजन समिति गठन गर्ने कामसमेत भइरहेको बडालले बताउनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै स्वास्थ बिमा संयोजन समिति गठन भइसकेको छ । बाँकी पालिकाहरूमा पनि समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।अहिले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य बिमा संयोजन समिति गठन गर्न लागिएको बडालले बताउनुभयो । सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान रहेको छ । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बिमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य बिमामा आबद्ध हुँदा ५ जनासम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक वर्षका लागि १ लाखसम्मको उपचार सुविधा पाउने बडालले बताउनुभयो । स्वास्थ्य बिमाको सेवा निरन्तर रूपमा पाउन हरेक वर्ष बिमा नवीकरण गर्नुपर्ने प्रावधान छ ।५ जना भन्दा बढीको स्वास्थ्य बिमा गर्न चाहे प्रति सदस्य थप सात सय रुपियाँका दरले प्रिमियम तिर्नुपर्ने र उहाँहरूले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने प्राबधान रहेको बडालले बताउनुभयो । हालसम्म बिमा गरेको तीन महिनापछि मात्रै लागु हुने गरेको स्वास्थ बिमा अबदेखि तुरुन्तै लागु हुने भएको छ ।बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर स्वास्थ्य केन्द्र मेलौलीमा स्वास्थ्य बिमाका बिरामीले सेवा पाउने व्यवस्था छ । जिल्लामै तीन ठाँउबाट स्वास्थ्य सेवा प्रवाह भएपछि दुर्गमका नागरिकलाई सेवा लिन सहज भएको छ । सहजै परिवारका पाँच जनासम्मको उपचार गर्न मिल्ने भएकाले २०७६ सालदेखि स्वास्थ्य बिमामा आबद्ध रहेको पाटन नगरपालिका ६ का लालसिंह विष्टले बताउनुभयो ।गरिब तथा विपन्न नागरिकको लागि स्वास्थ्य बिमा धेरैनै प्रभावकारी रहेको र पुजीमा नभएको अवस्थामा पनि ढुक्क भएर उपचार गर्न मिल्ने भएको हुँदा ज्यादै खुसी लागेको पन्चेश्वर गाउँपालिका ३ का कालु जोशी बताउनुभयो ।रोजगारी नभएका, एकल महिला, विपन्नलाई तथा खर्च नभएर उपचार गराउन नसक्नेका लागि स्वास्थ्य बिमा साहारा बनेको दशरथचन्द नगरपालिका ६ का नारायणदत्त जोशीले बताउनुभयो ।
सिकिस्त भएपछि कुवेतबाट उद्धारको माग गर्दै मल्ल
बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा उद्धार गरिदिन विभिन्न सहयोगी मनहरूमा आग्रह गर्दै आउनुभएको छ ।
सहिद परिवारको घरमा प्रचण्डको बास
कञ्चनपुर पुगेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारको घरमा पनि बास बस्नुभएको हो ।
सौका समुदाय लाग्यो छाङरुतर्फ
दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदायका मानिसले आफ्नो थातथलो सार्न सुरु गरेका छन् । गर्मीयाम सुरु भएसँगै उनीहरू आफ्नो थातथलो सार्न सुरु गरेका हुन् ।
भादा गाउँमा सामुदायिक होमस्टे कार्यशाला हुँदै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारा गाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीका अनुसार वैशाख २१ र २२ गते कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १६ स्थित भादा थारु सामुदायिक होमस्टे थारु गाउँमा सञ्चालन हुँदैछ।
कैलालीको राजकाँडा गुलजार हुन्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीको राजकाँडा तीन प्रदेशको पर्यटन पवर्धननका लागि संगमस्थलको रुपमा विकास हुने बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ ।