• २० वैशाख २०८२, शनिबार

पदयात्रा प्रतियोगिता सम्पन्न

blog

पदयात्रामा सहभागी मन्त्री बद्रीप्रसाद पाण्डेलगायत जनप्रतिनिधि ।

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), वैशाख २० गते । कैैलालीको चिसापानी–धुलिकोट पदयात्रा प्रतियोगिता सम्पन्न भएकोे छ । नवलसिंह रावल फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको थियो । चिसापानीदेखि धुलिकोटसम्मको सात किलोमिटर पदयात्रा प्रतियोगितामा पुरुषतर्फ मोहन्याल गाउँपालिका–५ का वडा सदस्य दिनेशबहादुर सार्की प्रथम हुनुभएको छ । 

अछामको ढकारी गाउँपालिका–६ का सदस्य नवराज नेपाली दोस्रो हुनुभयो । अछामकै रामारोशन गाउँपालिका–५ का सदस्य दलबहादुर रोकाया तेस्रो हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभएको छ ।

महिलातर्फ मोहन्याल गाउँपालिका–३ का वडा सदस्य नानी दमाईं प्रथम, लम्कीचुहा नगरपालिका–८ का वडा सदस्य दुर्गादेवी जोशी दोस्रो र  लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही तेस्रो हुनुभयो । 

कैलालीको मोहन्याल गाउँपालिकास्थित राजकाँडामा पर्यटकको आकर्षण बढाउन उक्त प्रतियोगिता आयोजना गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन प्रवर्धनका लागि गरिएको पदयात्रा ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । पदयात्रा प्रतियोगिताले सरकारी क्षेत्र, निजी क्षेत्र र स्थानीय मिलेर पर्यटन विकासमा अगाडि बढेको सन्देश दिएको उहाँको भनाइ थियो । मन्त्री पाण्डेले भन्नुभयो । “सरकारले नीति राम्रो बनाउने हो, कानुन राम्रो बनाउने हो, निजी क्षेत्रको लगानीको वातावरण बनाउने हो । राजकाँडामा निजी क्षेत्रले लगानी लगाउँदै छ । राजकाँडा गुलजार हुन्छ ।”

राजकाँडा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली प्रदेशको सङ्गम स्थलका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले धार्मिक र पर्यटकीय दृष्टिकोणले महìवपूर्ण मानिएको मोहन्याल गाउँपालिकाको राजकाँडास्थित मालिका मन्दिरलाई पनि बडीमालिका मन्दिरसँग जोड्न सकिने बताउनुभयो ।