• २२ वैशाख २०८२, सोमबार

चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान घाइते

blog

अविनाश चौधरी
धनगढी, वैशाख २१ गते ।
चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

बारीमा तरबुज टिप्न गएको बेला चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष नवलसिंह रानाले जानकारी दिनुभयो । मृतककी श्रीमान २५ वर्षीय रतनसिंह राना भने घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि धनगढीतर्फ पठाइएको वडा अध्यक्षले बताउनुभयो । 

उहाँका अनुसार बारीमा श्रीमान श्रीमती दुवै जना तरबुज टिप्न जानुभएको थियो । त्यहि बेला हावाहुरीसहित पानी र चट्याङ परेको थियो । घटनास्थलमा प्रहरी पुगिसकेको वडा अध्यक्ष रानाले जानकारी दिनुभएको छ ।