• १४ वैशाख २०८२, आइतबार

लागुऔषधसहित चार जना पक्राउ

blog

लागुऔषधसहित पक्राउ परेकाहरू । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अविनाश चौधरी

धनगढी, वैशाख १४ गते । कैलाली प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट एक महिलासहित चार जनालाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट तीन ग्राम ९२० मिलिग्राम खैरो हेरोइन र दुई केजी ५८० ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट डोटीको जोरायल गाउँपालिका–१ का २४ वर्षीय किरण विकलाई पक्राउ गरेको छ । 

उनको साथबाट दुई ग्राम १२० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

यसैगरी, प्रहरीले धनगढी उपमहानगरपालिका–३ बाट गोदावरी नगरपालिका–२ का २७ वर्षीय सागर चौधरीलाई एक ग्राम १४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । धनगढीकै बोराडाँडीबाट दुई केजी १८० ग्राम चरेशसहित गौरीगङ्गा नगरपालिका–८ की ५३ वर्षीया बेलमति बोहरालाई पक्राउ गरिएको छ । 

धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट बैतडीको दशरथचन्द नगरपालिका–१ बस्ने २७ वर्षीय वीरेन्द्रसिंह भाटलाई ६६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धानको कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।