• १३ वैशाख २०८२, शनिबार

साँफे हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट

blog

एकेन्द्र महता 

अछाम, वैशाख १३ गते । साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् । शनिवार बिहान साढे ३ बजे साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा आगलागी हुँदा १० पसल जलेर नष्ट भएका हुन् । 

सुवेच्छा होटलबाट विद्युत् सर्ट भई सल्किएको आगोले १० वटा पसल पूर्ण रुपामा जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ । तीव्र बेगका कारण क्षणभरमै स्वेच्छा होटेलबाट आगो सल्किँदै अन्य पसलमा आगो पुगेको थियो । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, परिचालन गरिएको थियो ।

क्षतिको विस्तृत विवरण भने आई सकेको छैन ।