विशेष विद्यालय योजना अलपत्र
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जमिन २२ वर्षदेखि भाडामा लगाई व्यापार व्यवसाय तथा स्थानीयले बसोबास गर्दै आएका छन् । व्यापारीले न जग्गाको भाडा तिरेका छन् न त खाली गर्छन् ।
कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा
बाजुरामा उत्पादित नेपाली हाते कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा परेका छन् । जिल्लाको खप्तडछेडेदह, बडीमालिका र त्रिवेणीलगायत विभिन्न स्थानीय तहमा अहिले नेपाली हातेकागज उत्पादन हुन्छ ।
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।
संरक्षणको पर्खाइमा किम्नी झरना
बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नी झरना संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय रूपले लोभलाग्दो भए पनि व्यवस्थापन हुन नसक्दा झर्ना लामो समयसम्म संरक्षणको पर्खाइमा रहेको हो ।
बेहडाबाबा मन्दिरमा आकाशबाट पुष्प वर्षा
कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रिको अवसरमा हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो ।
थारु आलुतर्फ किसानको आकर्षण
स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।
जाखोर तालमा हटाइयो जलकुम्भी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई प्राकृतिक स्वरूपमै संरक्षण गरिएको छ । देवहरिया वनस्पति उद्यानस्थित सो तालमा ढाकिएको मिचाहा प्रजाति जलकुम्भी हटाइएको छ । जाखोर तालमा नियमित सरसफाइ नहुँदा कुरूप बन्दै गएको थियो । सुक्खा नलाग्दै पानी सुकेर बगर जस्तो बन्ने समस्या थियो । मिचाहा प्रजाति जलकुम्भी सफा गरिएपछि विभिन्न प्रजातिका जलीय वनस्पतिसहित चराको उपस्थिति बढेको देवहरिया वनस्पति उद्यानले जानकारी दिएको छ ।
घटालथान निर्माण कार्य अधुरै
नयाँ शैलीमा निर्माण गरिएसँगै स्वरूप परिवर्तन हुँदै गएको प्रसिद्ध धार्मिक पीठ घटालथानको भौतिक पूर्वाधार निर्माणको काम अधुरै रहेको छ । सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको थियो । बजेट अभावमा यस वर्षदेखि भने भौतिक पूर्वाधार निर्माको काम रोकिएको छ । डोटी खोलामा रहेको घटालथानको घटोत्चक बाबाको मूर्ति परिसरमा पर्खाल, थानको निर्माण, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोलामा आउजाउ गर्न पुल र सिँढी बाटो निर्माण गरिएको छ ।
प्रदेश समृद्धिको लागि स्थिर सरकार आवश्यक
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुभएको छ ।
बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षाको तयारी
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ ।
टीकापुरमा लु तथा शीतलहरको पूर्वकार्यविधि बन्दै
कैलालीमा हरेक वर्ष गर्मीमा लु र हिउँदमा शीतलहरले नागरिकलाई हैरानी हुन्छ । गर्मीमा यहाँका नागरिकको दैनिकी कष्टकर हुन्छ भने चिसोमा शीतलहरका कारण कामकाजमा मात्र समस्या होइन खेतीपातीमासमेत असर पार्छ ।
कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा
बाजुरामा उत्पादन भएको नेपाली हाते कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा परेका छन् । जिल्लाको खप्तड छेडेदह, बडिमालिका र त्रिवेणी लगायतका विभिन्न स्थानीय तहमा अहिले नेपाली हाते कागज उत्पादन हुन्छ ।
फरार प्रतिवादीलाई पक्राउ गर्दै प्रहरी
कैलाली प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । अदालतले कैद सजाय र जरिवाना सुनाएपछि फरार भएका विभिन्न मुद्दाका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।
सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा
नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेश सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) ले दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।
पत्रकार थापाको निधन
नेपाल पत्रकार महासङ्घ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य एवं बैतडीका अग्रज पत्रकार जितसिंह थापाको निधन भएको छ । दशरथ चन्द नगरपालिका–८, त्रिपुरा घर भएका थापाको बुधवार साँझ ७३ वर्षको उमेरमा निधन भएको हो ।
प्रदेश प्रमुखद्वारा मन्त्रीपरिषद्को कार्य विभाजन
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशमा मौजुदा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको छ ।
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाही पदमुक्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई पनि पदमुक्त गर्नु भएको छ ।
कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ
प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।
पत्रकारितामा भविष्य खोज्दै किशोरी
कञ्चनपुरकी रक्षा भट्ट पत्रकारितामा लागेको पाँच वर्ष बित्यो । पत्रकारितासँगै अध्ययनलाई निरन्तरता दिँदै आउनुभएकी भट्टले स्नातक तहसम्मको पढाइ सक्नुभएको छ । २०७५ सालमा रेडियो सुदूर सञ्चार, दिनेश एफएम हुँदै पछिल्लो समय अत्तरिया अनलाइनमा कार्यरत भट्टले पत्रकारितामै आफूले भविष्य खोजेको बताउनुभयो । उहाँ पछिल्लो समय विभिन्न तालिम तथा लेखनवृत्ति अवसर पाएर लेखनकलामा निखार ल्याउने प्रयासमा रहेको बताउनुहुन्छ । पत्रकार महिलाको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन डोटी आइपुगेकी भट्टले पत्रकारिता सुरुवातको अनुभव सुनाउँदै भन्नुभयो, “स्टाफ नर्स बन्ने इच्छा थियो तर स्थानीय रेडियोमा जोडिएपछि पत्रकारिता छोड्न मन लागेन ।” बेलौरीकी चन्द्रिका चौधरी बेलौरी एफएममा स्टेसन म्यानेजर हुनुहुन्छ । उहाँले पत्रकारि
सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर
सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने कुरा भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा थापाले ४७ वर्षसम्म आफन्त भेटाउन सक्नुभएको छैन । बाल्यकालका धमिला सपना बोकेर उहाँ अहिले आफन्त सम्झेर रोइरहनुभएको छ । २०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी आएका आफन्तसँग सडकमै विछोड भएको थापाले बताउनुभयो । “बाल्यकालमै सडकमा छुटेँ,” उहाँले भन्नुभयो, “४७ वर्षदेखि आफन्तको सम्झनामा दिन बिताउँदै बसेको छु ।”
मोहना नदीमा युवक मृत फेला
कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटस्थित मोहना नदीमा युवकको शव भेटिएको छ । नेपाल भारत सीमा क्षेत्र नजिक आज युवकको शव भेटिएको हो ।
माओवादी केन्द्रद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मङ्गलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी पार्टीका तीन मन्त्रीलाई पदमुक्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको हो ।