उपनिर्वाचनका लागि बढ्यो चहलपहल
बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा उपनिर्वाचनका लागि मिति तय भएसँगै राजनीतिक सरगर्मी तथा चहलपहल बढेको छ । उपनिर्वाचनका लागि विभिन्न दलले आफ्नो पार्टीबाट उम्मेदवार छनोट गर्न छलफल, गोष्ठी, भेटघाटलगायतका कार्यक्रम बढाएका छन् । उपनिर्वाचनलाई लक्ष्य गरी नेकपा (एमाले) बझाङले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । निर्वाचन आयोगले वैशाख १५ का लागि उपनिर्वाचनको मिति तय गरेको छ ।
नाउपाको आन्तरिक विवाद छताछुल्ल
थरुहट आन्दोलनसँगै कैलाली जिल्लाको टीकापुर घटनाको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद छताछुल्ल भएको छ । सङ्घ तथा प्रदेशमा सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा सो पार्टीभित्र आन्तरिक विवाद देखिएको हो । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित सङ्घीय सरकारलाई समर्थन जनाउनुभएको छ ।
राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताउनुभयो ।
कर्मचारी कुटपिट गर्ने उपप्रमुख सहित दुई वडाध्यक्ष पक्राउ
डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उप्रमुख सहित दुई जना वडाध्यक्ष पक्राउ परेका छन् ।
सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीको घटनाले पुललगायतका संवेदनशील सडक संरचनाको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । यस घटनाले सडक संरचनाको सुरक्षाका लागि कानुनी तथा संरचनागत व्यवस्थाको आवश्यकतासमेत औँल्याएको छ । अहिलेसम्म आगलागीबाट हुने सम्भावित क्षति रोक्न र सडक संरचनाको सुरक्षाका लागि सडक विभाग वा प्रहरीबाट कुनै विशेष योजना र यन्त्र उपकरण जडान वा दमकलको तैनाथी गरिएको देखिएको छैन । जसको अभावमा गत फागुन २८ गते साँझ लाइटर बोकेको ट्रकमा आगलागी हुँदा पुलमा क्षति पुगेको थियो ।
देशको विकासले अब गति लिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसहित समग्र देशको विकासले अब गति लिने बताउनुभएको छ ।
राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
आज हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइनुभएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।
अदुवा किन्न बारीमा व्यापारी
लामो समयदेखि व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका बडीकेदार गाउँपालिका–३ का उपेन्द्र मल्लले उत्पादन गरेको ६० क्विन्टल अदुवा खरिद गर्न झापादेखि एक जना व्यापारी उहाँको बारीमा नै पुग्ने गरेको पाइएको छ । सडक यातायातको सहज पहुँच र वार्षिक रूपमा अदुवाको उत्पादन वृद्धिसँगै कृषक मल्ल जस्तै व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुएका किसानको खेतबारीबाटै व्यापारीले अदुवा खरिद गरेर लैजाने गरेका छन् ।
कुरीतिविरुद्ध धार्मिक अगुवा
यस जिल्लाका धार्मिक अगुवा कुरीतिविरुद्ध बोल्न थालेका छन् । ज्योतिष पण्डित एवं धामी समूहका अगुवाले समाजमा विद्यमान जातीय विभेद, महिनावारी (छाउपडी) प्रथाका विरुद्ध बोल्न थालेका हुन् । गाईभैँसीको गोरस खाँदा पशु बिग्रिन्छन् भन्ने जस्ता गलत कुरीति र कुप्रथा तथा प्रचलन हटाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सोमबार सिगास गाउँपालिका–१, बेसरामा आयोजित कुरीतिविरुद्ध धार्मिक व्यक्तिसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा सहभागीले सामाजिक कुरीति हटाउनुपर्नेमा जोड दिएका हुन् ।
प्रहरीले समात्यो अवैध काठले भरिएको ट्रक
बैतडी प्रहरीले वन कार्यालयनजिकबाट अवैध काठले भरिएको ट्रक नियन्त्राणमा लिएको छ । चालकसहित काठ ओसार्दै गरेको ट्रक बैतडी प्रहरीले आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाएको छ ।
बल्दे धुरालसैन सडक निर्माण ढिलाइ
बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ । सडक निर्माण कामको जिम्मा लिएको जयदेवी एस, एस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सो सडक निर्माणको काममा ढिलाइ भएको हो ।
कुलपति राईद्वारा एकल कविता वाचन
सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भयो। यस अवसरमा कुलपति राईले लगभग एक दर्जन कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना ,पहिचान ,मुक्ति र अग्रगमनका स्वरहरू गुन्जिएका थियो ।
थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’
कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।
जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
बाजुराको सदरमुकाम मार्तडीमा जीर्ण बन्दै गएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएको छ । २०३७ सालमा २५ जना राख्ने गरेर बनाएको कारागारमा अहिले ३७ कैदी र १८ जना थुनुवा गरी ५५ जना राखिएका छन् । पुरानो शैलीमा निर्माण गरिएको सो कारागारको मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ । कारागार निर्माण गरिएको लामो समय हुँदा पनि मर्मतसम्भार नभएपछि कैदीबन्दीलाई बास बस्न र सुत्न निकै समस्या भएको कारागारका चौकिदार रुपेस रावलले बताउनुभयो । क्षमताभन्दा बढी कैदी र थुनुवा यसभित्र हुलेपछि अहिले खान, बस्न, सुत्नलगायत सबै कुराको समस्या भएको छ । यो कारागारमा ससाना कोठा छन् । यसमा न त बेडको व्यवस्था छ, न त भुइँमा सुत्नका लागि राम्रो ओछ्यानको व्यवस्था छ ।
प्राविधिक अध्ययन नभएसम्म कर्णाली पुलमा सवारी आवागमन बन्द
सुदूरपश्चिम प्रदेशको ‘लाइफ लाइन’ मानिने चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएपछि आवागमन बन्द गरिएको छ । सोमबार भएको आगलागीबाट पुलमा क्षति पुगेपछि आवागमन बन्द गरिएको हो । पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगो दन्केर पुलमा पनि सल्किएको प्रतयक्षदर्शीले बताएका हुन् । पूर्वपश्चिम राजमार्ग रहेको सो पुलको लट्ठामा क्षति पुगेपछि सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आगलागीका कारण पुलमा जोखिम बढ्ने सम्भावना भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो ।
दलित बस्तीमा खानेपानीको समस्या
जगन्नाथ गाउँपालिकाको ओबाब दलित बस्तीमा खानेपानीको समस्या भएको छ । यो बस्तीमा खानेपानी नहुँदा स्थानीयवासी पैदल हिँडेर खोलाको पानी खान बाध्य छन् । जगन्नाथ गाउँपालिका–६, ओबाबका स्थानीय काशीचन्द्र सार्कीले खोलाको पानी बोकेर ल्याउन घण्टौँ समय लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसमाथि खोलाको धमिलो पानी पिउनुपर्ने काध्यता छ ।” “खोलाको पानी पिउँदा बिरामी हुने गरेका छन् । स्वास्थ्यकर्मी आएर सफा स्वच्छ पानी पिउनु पर्छ भन्नुहुन्छ, तर यहाँ सफा खानेपानी नहुँदा स्थानीयलाई खोलाकै धमिलो पानी खान बाध्यता छ,” सार्कीले भन्नुभयो ।
‘विश्वासको मत पाइसकेपछि प्राथमिकतासाथ काम हुन्छ’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वासको मत पाइसकेपछि सरकारले आफ्नो काम प्राथमिकतासाथ अगाडि बढाउने बताउनुभएको छ ।
अनुकरणीय कार्य गर्नेलाई सम्मान
धनगढीमा रहेको चैतन्य पाठशालाले विभिन्न क्षेत्रमा आबद्ध भएर अनुकरणीय कार्य गर्दै आएका व्यक्तित्वलाई सम्मान गरेको छ ।
पीडित बालिकाको गोपनीयता भङ्ग गर्नेलाई खोज्दै प्रहरी
बलात्कार पीडित एक बालिकाको गोपनीयता भङ्ग गर्नेलाई अछाम प्रहरीले खोज्न थालेको छ । बालिकाको गोपनीय विवरण सामाजिक सञ्जाल फेसबुक लगायतमा राख्ने व्यक्तिलाई प्रहरीले खोज्न थालेको अछाम प्रहरीले जानकारी दिएको छ ।
पुस्तान्तरणले कांग्रेसलाई बलियो बनाउँछ
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले कांग्रेसलाई बलियो र मजबुत मनाउन पुस्तान्तरण सहितको रूपान्तरण आवश्यक रहेको बताउनुभयो ।
वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व पुरस्कृत
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । आफ्नो २३ औँ वार्षिकोत्सवको अवसर पारेर सो विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएकालाई पुरस्कृत गरेको हो ।
सुदूरपश्चिम मन्त्रीपरिषद्मा कैलालीको वर्चस्व
सुदूरपश्चिम प्रदेशको विस्तारित मन्त्रीपरिषद्मा कैलाली जिल्लाका प्रदेश सभा सदस्यको वर्चस्व देखिएको छ । राजनीतिक उतारचढावसँगै प्रदेश मन्त्रीपरिषद्मा भएको फेरबदलमा कैलाली जनप्रतिनिधिको वर्चस्व रहेको छ । सात सदस्यीय मन्त्रीपरिषद्मा कैलालीको मात्रै छ जना प्रदेश सभा सदस्य रहनुभएको छ । यही शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) का तीन र नेकपा (एकीकृत समाजवादी) का एक गरेर चार मन्त्रीलाई पदमुक्त गरेपछि उहाँले तीन मन्त्री नियुक्त गर्नुभएको थियो । नियुक्त गरिएका तीनै मन्त्री कैलालीकै हुनुहुन्छ ।
सिप बिक्री नहुँदा छाक टार्न धौ धौ
बाजुराका अधिकांश गाउँबस्तीमा पछिल्लो समय निगालो र बाँसबाट बनेका डोका, डालो बिक्री हुन छाडेका छन् । गाउँबस्ती सडक सञ्जालमा जोडिएसँगै परम्परागत डोका, डालो, छापरा, सुप्पालगायत सामग्री बिक्री हुन छोडेका हुन् । दाउरा, घाँस र हाटबजारदेखि चामल, नुन, तेललगायत दैनिक खाद्यान्न सामग्री बोक्न प्रयोग हुने डोको पछिल्लो समयमा बिक्री नहुँदा यहाँका स्थानीयलाई पेट पाल्न चिन्ता परेको खप्तड छेडेदह गाउँपालिका–६ का अम्ला बुढाले बताउनुभयो ।