कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द
कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।
समाजका कुरीति हटाउन सकिरहेका छैनौँ
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये पञ्चेश्वर गाउँपालिका जिल्ला सदरमुकाम गोठालापानीबाट १३ कोस दुरीमा रहेको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्दछ । यद्यपि गाउँपालिकामा विद्युतीकरण भने हुन सकेको छैन । पछिल्लो समय सङ्घ र प्रदेश सरकारले पाटन–पञ्चेश्वर सडकखण्ड कालोपत्रे गरेसँगै सडक स्तरोन्नतिले तराई–पहाड जोड्न सार्वजनिक बस सञ्चालनमा छन् । भारतसँग जोडिएको यस गाउँपालिका भएर बग्ने महाकाली नदीमा झोलुङ्गे पुल निर्माण हुन सके आवा
श्री एयरलाइन्सको जहाजको चक्का खुस्किएपछि...
धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।
आगजनीको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ पर्नुभएको छ । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैँले आक्रमण र आगजनी गरेको अभियोगमा अधिकारी पक्राउ पर्नुभएको हो ।
‘कांग्रेसले गृहमन्त्रीलाई बदनाम गर्न खोज्यो’
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसले बदनाम गर्न खोजेको आरोप लगाउनुभएको छ ।
एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् ।
कर्णाली पुल एक सातापछि सञ्चालन
एक ट्रकमा भएको आगलागीका कारण अवरुद्ध भएको कर्णाली पुल एक सातापछि सञ्चालनमा आएको छ । पुलमा भएको क्षतिको अनुमगन तथा एकातर्फको स्ल्याब मर्मत गरिएपछि एकतर्फी रूपमा पुल सञ्चालनमा ल्याइएको हो । पुलसम्बन्धी विज्ञ टोलीले आगलागीबाट धेरै ठुलो क्षति नभएकाले सवारीसाधन चलाउन सकिने निष्कर्ष निकालेको छ । पुलमा एउटा मात्रै हेभी गाडी गुड्न पाउने गरी आवागमन भइरहेको छ ।
अम्रिसोमा आकर्षण बढ्दो
गाईवस्तुलाई घाँस र झाडु लगाउन कुचोका रूपमा प्रयोग हुँदै आएको अम्रिसो खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । घाँस र कुचो बिक्री गर्दा राम्रो कमाइ हुने भएकाले पनि स्थानीयवासी अम्रिसो खेतीप्रति आकर्षित हुन थालेका हुन् । गाईभैँसीका लागि पातको घाँस आहार हुने र त्यसको फूलको कुचो बनाएर बिक्री गर्न सकिने भएकाले अम्रिसोको व्यावसायिक खेती गरेको बुढीगङ्गा नगरपालिका–२ का बहादुर थापाले बताउनुभयो । स्थानीय वसन्त बालमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका थापाले भन्नुभयो, “विद्यालयवरिपरि गरिएको अम्रिसो खेतीले वातावरण स्वच्छ पार्नुका साथै बिक्रीबाट विद्यालयलाई समेत केही आम्दानी हुने गरेको छ ।”
‘पर्यटनलाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
किसान सूचीकरण अद्यावधिक गरिँदै
राज्यको तीनै तहबाट सञ्चालन हुने कृषि विकासका कामलाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले डोटी जिल्लामा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक गर्ने कार्यको सुरुवात भएको हो ।
कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात
कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।
जथाभाबी रङ, हिलो छ्याप्नेलाई कारबाही गरिने
जिल्ला प्रशासन कार्यालय कैलालीले होलीको नाममा लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ लगाउनेलाई कानुनी कारबाही गर्ने भएको छ ।
मणिका धाममा धार्मिक मेला
शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउनेक्रम सुरु भएको छ ।
लोकमार्ग निर्माणका लागि महोत्सव
कैलालीको बर्दगोरिया गाउँपालिकामा सेती लोकमार्ग पहिचान महोत्सव हुने भएको छ । बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गर्ने महोत्सवले निर्माणाधीन सेती लोकमार्ग छिटो सम्पन्न गर्न दबाबको काम गर्ने जनाइएको छ ।
एक सातापछि कर्णाली पुलमा आवागमन
आगलागीपछि ओहोरदोहोर अवरुद्ध भएको कर्णाली पुलमा सोमबारबाट आवागमन पुनः सुरु भएको छ ।
डेउडा लोप हुने चिन्ता
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षण तथा संवर्धनका लागि प्रदेश सरकारले ऐन कानुन बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सुदूरपश्चिम साहित्य समाजको अगुवाइमा धनगढीमा आयोजित ‘समाज रूपान्तरणमा डेउडा लोकसाहित्य प्रवर्धनात्मक संवाद’ कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
हाकिम कुटिएपछि कर्मचारी आन्दोलित
परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका हुन् । नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक विमलाकुमारी बोहोराले नै प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको भन्दै कर्मचारी न्याय माग्दै आन्दोलित भएका हुन् ।
कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने उन्मुक्तिको निर्णय
अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने वा निरन्तरता पाउने अनिश्चित रहेको बेला सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
जग्गा कारोबारीले लगाएको ताला नगर प्रहरीले तोड्यो
धनगढी उपमहानगरपालिकामा आइतबार जग्गा कारोबारीले लगाएको ताला नगर प्रहरीले तोडेको छ।
बाजुरामा बर्सेनि घट्दै एसइई दिने विद्यार्थी
बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला दुई शैक्षिक सत्रको तथ्याङ्क अनुसार बाजुरामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।
गरिबीसँगै लागुऔषधको दुष्प्रभाव
नेपालमै सबैभन्दा बढी ३४ प्रतिशत गरिबी झेलिरहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको दुष्प्रभाव फैलिएको छ । यहाँको ३४ प्रतिशत जनसङ्ख्याले न्यूनतम मापदण्ड अनुसार खान, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलापमा पहुँच पुग्न नसकेको बेला दक्ष जनशक्ति मानिएका युवा भने लागुऔषधको दुष्प्रभावमा फस्न थालेका छन् । सुदूरपश्चिममा २०८० सालको साउनदेखि फागुन महिनाम्म ९१ किलो गाँजा, ७३ किलो चरेस र तीन किलो हेरोइनसहित प्रहरीले ४७५ जनालाई युवालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नाबालकसमेत छन् । पक्राउ परेका मध्ये प्रहरीले ३०५ जनामाथि मुद्दा चलाएको छ । उमेर नपुगेका केहीलाई प्रहरीको आसरा सुधार केन्द्रमा राखिएको छ ।
खप्तड प्लास्टिकमुक्त क्षेत्र
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको सुरु गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको अगुवाइमा खप्तड घुम्न आउने पर्यटकलगायतलाई निकुञ्ज क्षेत्रमा जथाभाबी प्लास्टिक नफाल्न सचेत गराइएको छ । प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानि र क्षतिबारे सचेत गराउँदै प्लास्टिकरहित क्षेत्र बनाउने अभियान चलाइएको बताइएको छ । खप्तड राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेको प्लास्टिक जथाभाबी फ्याँकेर जाँदा पाटनक्षेत्र प्रदूषित हुनका साथै वन्यजन्तुले खाने गरेको बताउनुभयो । प्लास्टिक खाएर वन्यजन्तुको मृत्यु हुँदा निकुञ्ज क्षेत्रलाई क्षति पुग्ने भन्दै उहाँले खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्र बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । ‘निकुञ्ज आरक्ष क्षेत्र भन्नेबित्तिकै प्राकृतिक वातावरणले अति सफा र सुन्दर हुनु
गुडिरहेको ट्रकमा आगलागी
गत फागुन २८ गते कर्णाली चिसापनीपुल मुखमा गुडिरहेको ट्रकमा आगलागी भइ ठुलो क्षति भएको घटना सेलाउन नपाउँदै शनिबार कैलालीमा पुनः लाइटर बोकेको अर्को ट्रकमा आगलागी भएको छ ।
शुक्लाफाँटास्थित चौधर नदीमा घडियाल छोडियो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित चौधर नदीमा २५ वटा घडियाल छोडिएको छ। यो निकुञ्जमा घडियाल गोही नभएकाले चितवन राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्र कसराबाट ल्याएर घडियाल छोडिएको हो।