• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

blog

सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाही । फाइल तस्बिर

सुदूरपश्चिम, जेठ ५ गते । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । 

डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा वि.सं.२०३१ मा जन्मिनुभएका शाहीले त्रिभुवन विश्वविद्यालयको ल क्याम्पसबाट बीएलसम्मको अध्ययन गर्नुभएको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेड र चिया कफी विकास बोर्डको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुभएका शाही वि.सं.२०६२ देखि कानुनी पेसामा आबद्ध हुनुहुन्छ ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज प्रदेश प्रमुख मियाँको उपस्थितिमा नवनियुक्त मुख्य न्यायाधिवक्ता शाहीलाई उच्च अदालत दीपायलका मुख्यन्यायाधीश शान्तिसिंह थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । रासस