• १६ भदौ २०८१, आइतबार

धनगढीलाई प्रकृति संरक्षण पुरस्कार

blog

पुरस्कार हस्तान्तरण गरिदैं । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ ७ गते । धनगढी उपमहानगरपालिकाले डब्लुडब्लुएफ संरक्षण पुरस्कार प्राप्त गरेको छ । वातावरण संरक्षणमा योगदान पुर्‍याएको कदर गर्दै विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ) ले सो पालिकालाई संरक्षण पुरस्कार दिएको हो । 

हरियाली प्रवर्द्धन र सरसफाइ अभियानमा जुटेको धनगढी उपमहानगरपालिकाले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुठीले काठमाडौँमा नगर प्रमुख गोपाल हमाललाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।