• १३ साउन २०८१, आइतबार

प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

blog

भावना जोशी

अत्तरिया, जेठ ६ गते । कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । एक लाख १६ हजार भन्सार छलीका सामान र स्कुटर सहित ३ गते पक्राउ परेका धनगढी उपमहानगरपालिका ८ बस्ने ३५ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।  

हिरासतमा रहेका चौधरी एक्कासि बेहोस भएपछि प्रहरीले उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिनुभयो । 

कार्कीका अनुसार चौधरीको सब अहिले सेतीप्रदेशिक अस्पतालको शव गृहमा राखिएको छ । परिवारका सदस्यले भने चौधरीको मृत्यु रहस्यमय भएको भन्दै छानबिनको माग गरेका छन् ।