• १३ साउन २०८१, आइतबार

डुबेर एकको मृत्यु

blog

केशव चन्द्र महरा

दिपायल, जेठ १ गते । डोटीमा खोलामा डुबेर रोल्पाका मजदुरको मृत्यु भएको छ । रोल्पा नगरपालिका-३ खुलेमका ३६ वर्षीय दीपेन्द्र घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार शिखर नगरपालिका-७ सेटीगाउँ अन्तरगत पर्ने छेडाइगाढ खोलामा नुहाउन गएका घर्तीमगरको मृत्यु भएको हो । मृतक घर्तीमगर खोटो कम्पनी अन्तरगत खोटो सङ्कलन गर्ने मजदुर हुन् । 

मृतकको शव पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पताल पठाइएको छ ।