कोभिडले बनायो कृषक
भजनी नगरपालिका–५, लालबोझीकी रूपा चौधरीको हुलाकी राजमार्गसँगै १० कट्ठा जमिनमा तरकारी बारी छ । सोही बारीको एकापट्टि लटरम्म टमाटर फलेका छन् भने अर्कातिर फुल्न थालेका बिरुवा छन् । काउली, गाँजर र प्याजका बेर्ना बेचिसकिएका छन्, ब्रोकाउली तयार हुँदै छ । बन्दा, खुर्सानी, भान्टा, काँक्रा, फर्सी फल्दै छन् । रूपाका श्रीमान् श्रीमती, सासूससुरा हरेक दिन बारीमै भेटिन्छन् ।
‘कृषि र पर्यटन विकासका आधार’
महाकाली अञ्चलको पुरानो सदरमुकाम बैतडीको पाटन नगरपालिकाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा जिल्लाकै सुगम मानिन्छ । यहाँ विमानस्थल, भीमदत्त प्राविधिक शिक्षालय र पाटन बहुमुखी क्याम्पसलगायतका संस्था रहेका छन् । मध्यपहाडी लोकमार्गसमेत पाटन नगरपालिका भएरै अघि बढेको छ । यो नगरपालिकामा १० वटा वडा रहेका छन् । पाटन नेपाल सरकारको नमुना सहरका रूपमा विकास गर्ने योजनामा समावेश छ । नयाँ सहरमा एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा स्थापना भएको नगरपालिकामा छ हजार ४४२ परिवार रहेका छन् । यहाँको साक्षरता दर ८०.५३ रहेको छ । कृषितर्फ धान, गहुँ, मकै, कोदो, भटमासलगायतका दलहन बाली उत्पादन हुने गरेका छन् । प्रस्तुत छ : स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित नगर प्रुमख गौरीसिंह रावलसँग गोरखापत्र बैतडी समाचारदाता गोकर्ण दयालले गर्नुभएको कुराकानी :
अतिक्रमित पुरैना तालको जग्गा रेखाङ्कन कार्य सुरु
कैलालीको भजनी नगरपालिका–७ चर्रास्थित अतिक्रमित पुरैना तालको जग्गा रेखाङ्कनको कार्य सुरु भएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको आग्रहमा नापी कार्यालयले अतिक्रमित जग्गा रेखाङ्कन गर्न थालेको हो । सो कार्यका लागि नापी कार्यालयले दुई जना अमिनलाई फिल्डमा खटाएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा
सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो ।
कर्णाली पारीको जनजीवन बद्लिँदै
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा हालेको फेरीले स्थानीयको जनजीवन बद्लिएको छ ।
एकल महिला भन्छन् : रोजगारीका अवसर खै
कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानकाे गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो ।
रानाथारू समुदायको होरी सुरु
कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारू समुदायको होरी पर्व सुरु भएको छ । फागुन पूर्णिमाका दिन होलिकाको पूजाआजा गरी यो पर्व सुरु गरिन्छ । रानाथारू समुदायले ‘जिन्दा’ र ‘मरी’ गरी एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ । पूर्णिमाका दिन ‘भुइँया’ (कुल देवता राख्ने ठाउँ) मा वा त्यस आसपास खेतमा होलिकाको प्रतिमा स्थापना गरी पूजाआजा गरिन्छ । गाउँको मुख्य व्यक्ति भलमनसा, युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा ‘भर्रा’ (गुरुवा) ले होलिकाको पूजाआजा गर्ने चलन छ । पूजाआजा गरेपछि होरीको गीत गाउँदै केहीबेर लयबद्ध ढङ्गले सामूहिक रूपमा होरी खेल्ने चलन छ ।
फरार प्रतिवादीहरू पक्राउ
कैलाली प्रहरीले अदालतबाट फैसला भएपछि फरार भएका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय, जरिवाना फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
नवनिर्वाचित पदाधिकारीद्वारा पद तथा गोपनीयताको शपथ
नेकपा (एमाले) कैलाली जिल्लाको ९ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
पुनः निर्माणसँगै तङ्ग्रिँदै बझाङ
भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनः निर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६.५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो ।
डोटीमा विस्तार हुँदै चैते धानखेती
डोटीको शिखर नगरपालिका-३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउनुहुन्छ ।
बाढीपहिरो पीडितलाई घरबासकै चिन्ता
बाजुराका नौ वटै स्थानीय तहका बाढीपहिरो पीडितलाई पछिल्लो समय घरबासकै चिन्ताले सताउने गर्छ । गत २०७८-७९ सालको जेठ, असार, साउन र भदौमा आएको बाढीपहिरोले बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती बाढीपहिरोको उच्च जोखिममा छ ।
दश फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
स्ट्रिट लाइटले राजमार्गका सडक झिलिमिली
कैलालीको धनगढीस्थित छ लेन सडक स्ट्रिट लाइटले झिलिमिली बनेको छ । धनगढी उपमहानगरपालिकाको कार्यालयले ३१ लाख रुपियाँ खर्चेर छ लेन सडकमा स्ट्रिट लाइट जडान गरेको हो । लाइटका कारण रात्रिकालीन समयमा छ लेन सडक अझ सुन्दर देखिएको छ ।
दलित जेहेनदार विद्यार्थीले धानेको सामुदायिक विद्यालय
बाजुराको बडीमालिका नगरपालिका–७, चुथीस्थित सामुदायिक कालिका आधारभूत विद्यालयलाई दलित विद्यार्थीले धानेको छ । २०५३ सालमा स्थापना भएको यस विद्यालयमा अधिकांश दलित विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल जम्मा ६२ जना बालबालिका अध्ययनरत रहेको प्रधानाध्यापक सहदेव पाध्यायले बताउनुभयो । प्रधानाध्यापक पाध्यायका अनुसार बालविकास केन्द्रमा १५ जना छात्रछात्रामध्ये दुई जना दलित छन् ।
जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उहाँको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।
पाँच सयले बदलिएको जीवन, लुगा सिलाएरै छोरा डाक्टर र इन्जिनियर
श्रीमद्भागवत् गीताले दिएका शिक्षामध्येको एक ‘कर्म गर फलको आशा नगर’ अर्थात् कर्मको फल आफैँ प्राप्त हुन्छ भन्ने हो । त्यस्तै कर्मको मिठो फलले अहिले एक दम्पतीको जीवन नै बलिदिएको छ, त्यो पनि सन्तान सुखमार्फत । दशरथचन्द नगरपालिका–५, बस्कोटाका धनीराम दमाई र आनन्दी दमाईको त्यस्तो सुख गिट्टी कुटेर कमाएको पाँच सय रुपियाँले उहाँहरूको जीवनको धार नै परिवर्तन गरिदिएको हो । त्यही पाँच सय रुपियाँको लगानीले अहिले उहाँहरूका तीन छोरा डाक्टर र इन्जिनियर बनेका छन् ।
फरार तीन प्रतिवादी पक्राउ
कञ्चनपुर प्रहरीले फरार रहेका तीन जना कसुरदारलाई पक्राउ गरेको छ । विभिन्न समयमा जिल्ला अदालतले फैसला सुनाइ कसुरदार ठहर गरेपछि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिन जोड
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
पाँच लाख बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै
सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै छ । सुप प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले एक कार्यक्रमका बिच सेती प्रादेशिक अस्पतालमा कार्यक्रमको सुरु गर्नुभएको हो ।
एक सयभन्दा बढी केन्द्रमा दादुरा-रुबेलाविरुद्ध खोप
डडेल्धुरामा दादुरा–रुबेलाविरुद्धको साताव्यापी खोप अभियानको सुरु भएको छ ।
भारतको दुधुवा नेसनल पार्कमा दुर्घटना हुँदा एकको मृत्यु
भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका कैलालीका एक जनाको मृत्यु भएको छ ।
दार्चुला विद्युतीकरणमय बन्दै
दार्चुला जिल्लाको प्रत्येक गाउँबस्तीमा विद्युतीकरणको काम धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि विद्युत् परियोजना सञ्चालन गरी जिल्लाभरि विद्युतीकरणको काम थालेको हो । प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौ वटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले बताउनुभयो ।
कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ । सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो । सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।