• १३ साउन २०८१, आइतबार

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति रेशम पक्षको निर्देशन

blog

रेशम चौधरी । फाइल तस्बिर

भावना जोशी 

अत्तरिया, वैशाख २१ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीले निर्देशन दिएको छ।  रेशम चौधरी पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले शुक्रबार  निर्देशन जारी गर्दै सोडारीलाई विश्वासको मत नदिन निर्देशन दिएको हो। 

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौरा थारुको हस्ताक्षरित निर्देशनमा मुख्यमन्त्री सोडारीले आफूमाथि विश्वासको छ भन्ने प्रस्ताव का पक्षमा मत नदिन राजनीतिक दलसम्बन्धी  ऐन, २०७३ को दफा, २८ बमोजिम निर्देशन जारी गरेको जनाएको छ।  

नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसद विभाजित छन्। रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन्। मुख्यमन्त्री सोडारीले शुक्रबार साँझ ५ बजे विश्वासको मत लिने तयारी भइरहेको छ। तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन। सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र टीका थापा कृषिमन्त्री बन्नुभएको छ।