• १२ साउन २०८१, शनिबार

नहरको इन्टेकमा बालक मृत फेला

blog

अविनाश चौधरी

धनगढी, जेठ २ गते । कैलालीमा घरको आँगनमा खेल्नेक्रममा हराएका बालक आज कुलरिया नहरको इन्टेकमा मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका –२ चौरीका खेमराज सुनारको तीन वर्षका छोरा बखत सुनार इन्टेकमा मृत फेला परेका हुन् । 

उनी जानकी गाउँपालिका –९ सुकुम्बासी टोलस्थित राजु सुनारको घरको आँगनमा खेल्नेक्रममा हराएका प्रादेशिक आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 

हराएको बच्चा खोजतलास गर्नेक्रममा कुलरिया नहरको इन्टेकमा मृत भेटिएको जनाइएको छ । प्रहरी चौकी अमरावती र टीकापुर इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको केन्द्रले जानकारी दिएको छ ।