• १३ साउन २०८१, आइतबार

बालमैत्री धारा पाउँदा बालबालिका खुसी

blog

बुढीगङ्गा नगरपालिका १० को सिगाडा माविमा साना बालबालिकाहरूलाई सहज हुने गरी निर्माण गरिएका बालमैन्त्री धारा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, जेठ १ गते । बाजुराका अधिकांश विद्यालयमा बालमैत्री धारा निर्माण हुँदै भएपछि बालबालिकाहरू खुसी भएका छन् । पहिले विद्यालयमा झण्डै ३ देखि ४ पिट निर्माण गरिएका धारा प्रयोग गर्न समस्या भोग्दै आएका स-साना बालबालिकाहरूले पछिल्लो समय आफू अनुकूलका धारा पाएपछि उनीहरू खुसी भएका हुन् ।

बालबालिकालाई अनुकूल हुने धारा निर्माण भएपछि पानी खाने समय निकै सहज हुने गरेको बुढीगङ्गा नगरपालिका १० सिगाडा माविका छात्र सुहाना जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले विद्यालयमा निर्माण गरिएका धारामा पानी खान जाँदा अर्कोलाई खोल्न र बन्द गरी माग्नु पर्ने समस्या थियो ।”

अहिले विद्यालयमा बालमैन्त्री धारा निर्माण भएपछि आफैले खोल्ने र बन्द गर्ने गरेको जैशीले बताउनुभयो । बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, गौमुल, बडिमाकालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका विद्यालयमा पछिल्लो समय मालमैन्त्री धारा निर्माण हुन थालेका छन् ।

बालबालिकाहरूलाई आफू अनुकूलका धारा निर्माण नहुँदा पानी खाने समय धारा खोल्न समस्या हुने गरेकोले पछिल्लो समय स्थानीय सरकार गैरसरकारी संस्थाको सहकार्यमा विद्यालयमा बालमैन्त्री धारा निर्माण गरिएको विद्यालयले जनाएको छ । सो विद्यालयमा निर्माण गरिएका धाराले साना बालबालिकाहरूलाई सहज नहुने र ठुला ठुला बालबालिकाहरूलाई मात्र सहज हुने भएकोले पछिल्लो समय स्थानीय सरकार तथा गैरसरकारी संस्थाको सहकार्यमा विद्यालयहरूले बालबैन्त्री धारा निर्माण गरेका हुन् । 

बालमैन्त्री धारा नभएको विद्यालयमा विश्व खाद्यको सहकार्य एकीकृत विकास समाज नेपाल (आईडिएस) नेपालको विद्यालय स्वास्थ्य तथा कार्यक्रम अन्तर्गत विद्यालयमा बालमैन्त्री धारा निर्माण गरेको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका विद्यालय सुपरभाइजर माया विष्टले बताउनुभयो ।

बालबालिकाहरूलाई विद्यालयमा पानी खानका लागि धारा निर्माण गरेको भएपनि ससाना बालबालिकाहरूलाई सहज हुने खालका धारा निर्माण गरेका थिएन । यतिबेला विश्व खाद्यको सहकार्य एकीकृत विकास समाज नेपाल (आईडिएस)नेपालको विद्यालय स्वास्थ्य तथा कार्यक्रम अन्तर्गत विद्यालयमा बालमैन्त्री धारा निर्माण भएको बुढीगंगा नगरपालिका सिगाडा माविका प्रधानाध्यापक रणबहादुर साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, "बालबालिका अनुकलनका धारा नहुँदा खानी खान जाँदा अधिकांश बालबालिकाहरू भिजेर आउँथे । अहिले बालबालिकाहरू अनुकूलका धारा निर्माण भएपछि त्यो समस्या छैन । पानीको धारा अग्लो भएका कारण स–साना बालबालिकाहरू खोल्न र बन्द गर्न सक्दैन थिए ।" अहिले निर्माण गरिएका बालमैन्त्री धारा उनीहरू आफैँले खोल्न र बन्द गर्ने गरेको प्रधानाध्यापक साउँदले बताउनुभयो ।