‘श्रमाधान रोजगार मेला’को तयारी पूरा
कैलालीको धनगढीमा यही जेठ २७ र २८ गते हुने ‘श्रमाधान रोजगार मेला’ को सम्पूर्ण तयारी पूरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने उक्त मेलाको तयारी पूरा भएको हो ।
अतिक्रमित जमिन खाली गर्दै सुदूरपश्चिम विश्वविद्यालय
सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।
सडक नहुँदा बारीमा कुहिन्छ तरकारी
कृषि पकेट क्षेत्रको उपज बजारसम्म पु¥याउने सडक नहुँदा चुलोमा पाक्नुपर्ने तरकारी बारीमै सडाउनुपर्ने बाध्यता भएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न कृषि पकेट क्षेत्रका गाउँमा वार्षिक चार करोड रुपियाँ खर्च गर्दै आए पनि ढुवानीका लागि सडक सुविधा नहुँदा कृषि उपज बारीमै सड्ने गरेको छ ।
सरकारी कार्यालय अपाङ्गतामैत्री नहुँदा सास्ती
सुदूरपश्चिममा ६० हजार आठ जना अपाङ्गता भएका व्यक्तिको बसोबास रहे पनि यहाँका सरकारी कार्यालय भने अपाङ्गतामैत्री छैनन् । सरकारी कार्यालय आफूहरूको पहुँचबाहिर रहेकाले सेवा लिँदा वा दिँदा सास्ती हुने गरेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ । सरकारले अपाङ्गतामैत्री भवन आचारसंहिता जारी गरेको बर्सौं बितिसकेको छ तर त्यसको पालना नहुँदा सास्ती खेप्नु परेको अपाङ्गता भएकाहरूको गुनासो छ । अपाङ्गता भएकाहरूको दबाबपछि सरकारले २०६६ सालमा सरकारीलगायत सबै सार्वजनिक भवन अपाङ्गतामैत्री बनाउनुपर्ने कानुन जारी गरेको थियो ।
शुक्लाफाँटामा दोस्रो पटकको गणनामा पाँच खरमुजुर भेटियो
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दोस्रो पटक गरिएको गणनाको क्रममा पाँच खरमुजुर भेटिएका छन् ।
राष्ट्रिय गौरवका आयोजनालाई बजेट
सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा रहेका राष्ट्रिय गौरवसहितका ठुला तथा बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको छ । सरकारले सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर यस प्रदेशमा रहेका ठुला एवं बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको सङ्घीय बजेट प्रस्तुत गर्नुभएको थियो । सङ्घीय सरकारले कैलालीमा रहेको राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि दुई अर्ब ८७ करोड रुपियाँ बजेट
विद्यार्थीको आकर्षणको केन्द्र मालिका माध्यमिक विद्यालय
सदरमुकाम मार्तडीमा रहेको मालिका माविमा बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । २०८१ सालको नयाँ भर्नामा कतिपय विद्यालयलाई कक्षा खाली हुने डर भएको अवस्थामा मालिका माविमा भने विद्यार्थी सङ्ख्या बढेको छ । २०७६/७७ सालदेखि यो विद्यालयले कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी र ६ देखि १२ कक्षासम्म अङ्ग्रेजी तथा नेपाली माध्यमबाट पढाइ सुरु गरेसँगै यस विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दै गएको हो ।
प्रदेश सभाको बहुमतबाट नीति तथा कार्यक्रम पारित
सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख नजिर मियाले गत साता प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभाको बैठकबाट सर्वसम्मतीले पारित भएको छ।
सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार
३२ केभी बिद्युत लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । बिद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ ।
सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।
रुखले च्यापेर बालिकाको मृत्यु, पुन बेपत्ता
हावाहुरीले ढलेको रुखले च्यापेर टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको छ ।
बनेन विपत् प्रतिकार्य योजना
मनसुन नजिकिए पनि यस वर्षका लागि सुदूरपश्चिम प्रदेशको मनसुनजन्य विपत् प्रतिकार्य योजना बन्न सकेको छैन । विपत्पूर्व आवश्यक तयारी तथा विपत्का बेला खोज उद्धार गर्न र विपत्पछि प्रभावितको व्यवस्थापनका लागि हरेक वर्ष मनसुनजन्य विपत् प्रतिकार्य योजना बनाउने गरिएको छ । मनसुन लाग्न अब एक साता बाँकी रहँदासम्म अझै विपत् प्रतिकार्य योजना तयार भइनसकेको प्रदेश सरकारले जनाएको छ । विभिन्न मन्त्रालयले बेलैमा विपत्सम्बन्धी तथ्याङ्क उपलब्ध नगराएका कारण प्रतिकार्य योजना बनाउन नसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताउनुभयो ।
हुरीबतासले खानेपानीमा क्षति
हुरीबतासले लिफ्ट खानेपानीको सो लार पाता उडाएपछि ११९ परिवार खानेपानीबाट वञ्चित भएका छन् । हुरीबतासले सोलारमा क्षति गर्दा विद्यालय, अस्थायी प्रहरी पोस्ट र बर्थिङ सेन्टरमा समेत खानेपानी अवरुद्ध भएको छ । शनिबार अपराह्न चलेको हावाहुरीले पाटन नगरपालिका–१, गेरुवापानीस्थित मुहानमा राखिएका ७५ वटा सोलार पातामध्ये ३० वटा पाता उडाएर काम नलाग्ने गरेर क्षति पु¥याएको छ । सोलार पातामा क्षति पुगेपछि बस्तीमा खानेपानीको हाहाकार भएको छ ।
स्तनपान गराउन कामकाजी महिलालाई समस्या
कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरकी पवित्रा विष्टले छोरा र छोरीतर्फका १६ नातिनातिना हुर्काउनुभयो ।
सडक दुर्घटनामा एक जनाको मृत्यु
कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका –४ भालुफाँटास्थित पूर्व–पश्चिम राजमार्गमा म प्र ०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा एकको ज्यान गएको हो ।
दार्चुलामा जिप दुर्घटना: १ जनाको मृत्यु, ८ जना घाइते
दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा १ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
उत्साहित पार्न आकर्षक कार्यक्रम
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गतालगायत विपन्न वर्ग तथा समुदायको अधिकारका लागि सरकार सदैव लागिपर्ने बताउनुभएको छ । आदिवासी जनजाति अपाङ्गता महिला सङ्घ नेपाल (निडवान) ले आयोजना गरेको चारदिने अन्तरप्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बाजुरागडावस्तीको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले कैलालीको चुरे गाउँपालिका–४ बाजुरागडाका बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्नका लागि कटिबद्ध रहेको बताउनुभएको छ ।
फाप्ला रङ्गशाला निर्माणको लागि डिपीआर बन्दै
दशक अगाडि मैदान पहिचान भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गर्न लागिएको छ।
‘अपाङ्गता लगायत लक्षित वर्गलाई उत्साहित गर्ने कार्यक्रम ल्याउँछौँ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गता भएका लगायत विपन्न वर्गका जनसमुदायको पक्षमा प्रदेश सरकार सदैव लागिपर्ने बताउनुभएको छ।
मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान
आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो ।
रुख ढलेर घर च्यापिँदा वृद्धको मृत्यु
टीकापुर नगरपालिका–१ बिशालनगर गल्ली नं ६ मा रुख ढलेर ७० वर्षका दलु पुरीको ज्यान गएको छ ।
अमरगढी किल्लामा राष्ट्रिय विभूति थापाको पूर्णकदको सालिक अनावरण
डडेल्धुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो ।
‘माल’ थर परिवर्तनका लागि निवेदन
‘माल’ थर परिवर्तनका लागि दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । माल थरकै कारण महिला/पुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उहाँहरूको भनाइ छ । डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको निवेदक रमेशसिंह मालले बताउनुभयो । विद्यालय/क्याम्पस पढ्ने युवतीलाई थरका कारण समस्या हुन थालेको छ ।