• १२ साउन २०८१, शनिबार

शुक्लाफाँटामा दोस्रो पटकको गणनामा पाँच खरमुजुर भेटियो

blog

शुक्लाफाँटामा देखिएको दुर्लभ खरमुजुर । तस्बिर सौजन्य " चुङ्बा शेर्पा

अविनाश चौधरी
धनगढी, जेठ २५ गते ।
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दोस्रो पटक गरिएको गणनाको क्रममा पाँच खरमुजुर भेटिएका छन् ।

पहिलो चरणको गणनाको क्रममा दुर्लभ खरमुजुर फेला नपरेपछि साता दिन अगाडि दोस्रो चरणको गणना गरिएको थियो । त्यस क्रममा दुई पोथी र तीन भाले गरेर पाँच वटा खरमुजुर फेला परेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनु भएको छ । चार वटा शुक्लाफाँटा घाँसे मैदानमा र एउटा पोथी खरमुजुर किसान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा फेला परेको उहाँले बताउनुभयो ।

यसअघि पहिलो चरणको गणना गत चैत महिनामा गरिएको थियो । गतवर्षको गणना गर्दा पनि पाँच वटा खरमुजुर फेला परेका थिए ।