पालिकाले नागरिकको दुर्घटना बिमा गर्ने
आँधिखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको नीति तथा कार्यक्रममा पालिका भित्रका १३ हजार ९७० जनाको बिमा गर्ने भनिएको छ ।
म्याग्दीमा डेढ करोड लगानीमा पर्यटन पूर्वाधार निर्माण
म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरेको छ ।
मुन्द्रा चढाउने डाँडामा पाहुना घर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
व्यावसायिक केरा खेतीबाट राम्रो आम्दानी
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिनेक्रम बढ्दो छ । आर्थिक उन्नति र पारिवारिक दायित्वको बाध्यताले वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौँ युवा प्रशासनमा भिड लगाउँदै आएका छन् ।
सडक स्तरोन्नतिका लागि सम्झौता
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडा सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ ।
निर्वाचन पद्धतिमात्र होइन, सोच पनि बदल्नुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको निर्वाचन पद्धतिले कसैको बहुमत नआउने उल्लेख गर्दै त्यसमा परिवर्तन जरुरी भएको औँल्याउनुभएको छ ।
पर्यटकको मन जित्दै कलात्मक प्रवेशद्वार
गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रवेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रवेशद्वारले धेरै आन्तरिक तथा वाह्रय पर्यटकको मन जित्न सफल भएको छ ।
म्याग्दीका चार स्थानीय तहको बजेट सार्वजनिक
म्याग्दीका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
पोखरामा इनड्राइभ र पठाओ चलाउन रोक
कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।
प्रादेशिक विवादमा कालीगण्डकी डाइभर्सन
मुस्ताङको दामोदर कुण्डबाट निस्कने पानी र मुक्तिनाथ मन्दिरमा उत्पत्ति भएको पानी कागबेनीमा एक ठाउँमा मिसिन्छ र कालीगण्डकी नदी बन्दछ । विभिन्न जिल्ला हुँदै तनहुँको देवघाट पुग्दा नदीको बहाव मात्रै होइन, यसको महत्व पनि बढेको पाइन्छ । जिल्ला र प्रदेशको सिमानाको काम गरेको यो नदी वैदिक सनातन धर्म मान्नेको आस्थाको केन्द्र हो । भगवान् विष्णुको साक्षात् स्वरूप मानिने शालग्राम (शालिग्राम) यही नदीमा पाइन्छ । विभिन्न चाडपर्वमा कालीगण्डकी नदीमा घुइँचो नै लाग्ने गर्दछ । ए
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको एक वर्ष पूरा भइसके पनि यो पर्यटकको गन्तव्य बन्न सकेको छैन । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले रत्नमन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।
थापा अमेरिकी ‘फेबरेट सेफ’ उत्कृष्ट तीनको प्रतिस्पर्धामा
तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँच भित्र पर्नु सफल हुनु भएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा शुक्रवार छनोट हुनु भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।
फेवातालमा डुबेर युवकको मृत्यु
शुक्रवार साँझ पोखरा महानगरपालिका वडा नम्बर २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौ डाँडाका २५ वर्षीय सञ्जय भण्डारीलाई तालबाट उद्धार गरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म
पोखराबाट साढे तीन सय किलोमिटर टाढा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष अहिले कास्की कारागारमा हुनुहुन्छ । पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा वडाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँ सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्छ । सूर्यदर्शन घोटालाका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राईको घर ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदीमा पर्छ । ओखलढुङ्गाका अध्यक्ष र रामेछापका बासिन्दा उपाध्यक्ष रहेको पालिकास्तरको यो सहकारीबाट कास्कीमा एक अर्ब ३५ करोड ५३ लाख अपचलन भएको छ । जिबी, उहाँका दाजु भूपेन्द्र र पूर्वअध्यक्ष थानबहादुर बुढाविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
ट्याक्टरबाट खसेर एकको मृत्यु, एक बेवारिसे शव फेला
नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका –२ नन्दपुरस्थित नारायणी नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।
आकाश गर्जंदा झस्किन्छन् मनाङी
वर्षायाममा पानी पर्दा खुसी नहुने को होला र ? कृषिप्रधान मुलुक भएर होला बालीनाली लगाउन वर्षा नै कुर्नुपर्छ । सिँचाइको प्रबन्ध नभएका ठाउँमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता अझै हटेको छैन । यसको ठीक उल्टो भएको छ मनाङमा ।
पोखरामा मनाइयो योग दिवस
पोखरामा दशौं अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जली योगपीठको विशेष आयोजनामा योग दिवस मनाइएको हो ।
मिरकोटमा दुना टपरी बनाउने उद्योग सञ्चालन
गोरखाको पालुङटार नगरपालिका मिरकोटमा दुना टपरी बनाउने उद्योग सञ्चालनमा आएको छ ।
बाबुलाई खुकुरी हान्ने मिलन पक्राउ
बेनी नगरपालिका–३ भकिम्लिका ४१ वर्षीय कविराम घर्तीलाई आफ्नै छोराले धारिलो हतियार प्रहार गर्दा घाइते हुनुभएको छ ।
मनासलुमा दस हजार पर्यटक
गत वर्षको साउन महिनादेखि जेठसम्म मनासलु क्षेत्रमा झन्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । चुमनुब्री गाउँपालिकाका अनुसार उक्त अवधिमा नौ हजार ७६९ जनाले मनासलु क्षेत्र भ्रमण गरेका हुन् । मनासलु क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अहिले बेनिघाट, आरुघाट र लार्के सडकले नयाँ ट्र्याकमार्ग खोल्ने क्रममा पर्यटक हिँड्ने पैदलमार्ग मासिएकाले नयाँ पदमार्ग निर्माणलगायत पर्यटन विकासका लागि बृहत् गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।
प्राइम सहकारी ठगी: सात जना पुर्पक्षका लागि थुनामा
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, ग्रैह्रपाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना अभियोगमा सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
लिची किन्न व्यापारी पुगे किसानको बारीमा
गोरखाको पालुङटार नगरपालिकामा विगत लामो समयदेखि व्यावसायिक रूपमा खेती गर्दै आएका पालुङटार नगरपालिका–७, च्याङलिङ आहालेबरका ईश्वर श्रेष्ठले ४५ रोपनी जग्गामा आफूले लगाएको लिची खरिद गर्न मकवानपुरदेखि एक जना व्यापारी आफ्नो बारीमा आएको बताउनुभयो ।
चार महिनामा तीन वटा पाटेबाघ र एउटा चितुवा मरे
नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसहित ७ जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ।