तनहुँमा खर्चभन्दा राजश्व योगदान बढी
चालु आर्थिक वर्षको ११ महिनामा तनहुँमा सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सहयोग भन्दा राजश्व योगदान बढी देखिएको छ । चालु आर्थिक वर्षको ११ अर्थात् जेठ मसान्त सम्ममा खर्च गरेको भन्दा १४ करोड बढी राजस्व योगदान तनहुँले दिएको हो ।
सात जनालाई घाइते बनाएको चितुवा मृत फेला
नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसित सात जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ।
सङ्क्रामक अस्पतालमा फोहोर विसर्जन मेसिन जडान
पोखरा ३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विसर्जन मेसिन जडान गरिएको छ । अस्पतालको फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल सरकारको करिब एक करोड ३७ लाख लागतमा गण्डकी प्रदेशमै पहिलो पटक सो अस्पतालमा यस्तो मेसिन जडान गरिएको हो ।
भानुमार्गको अवरोध हट्यो
बुधबार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाएपछि अवरुद्ध भनेको भानुमार्गको अवरोध बिहीबार बिहान ११ बजेबाट हटेको छ ।
क्यान्टिलिभर पुल मर्मतपछि सञ्चालन
उत्तरी गोरखाको धार्चे गाउँपालिका – १ यारु बगरमा भएको क्यान्टिलिभर पुल (भीर खोपेर बनाइएको) तीन वर्ष पछि मर्मत सँगै स्थानीय तथा पर्यटकलाई यात्रा गर्न सहज भएको छ । २०७८ सालमा आएको विनाशकारी बुढी गण्डकीको बाढीले क्यान्टिलेर पुलमा क्षति पुर्याउदा त्यस पुलबाट ३ वर्ष सम्म आवतजावत नै बन्द भएको थियो ।
डुम्रे–इन्द्रावती खण्ड अवरुद्ध
बुधवार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाएपछि भानु मार्गको डुम्रे–इन्द्रावती खण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसल स्थित खत्री खोलामा आएको बाढीले कल्भर्टमा पूर्ण क्षति पुर्याएपछि अवरुद्ध भएको हो ।
युवालाई रोजगारी पहिलो प्राथमिकता
तनहुँको घिरिङ गाउँपालिकामा कृषिको प्रचुर सम्भावना छ । यो पालिकाको पूर्वमा ऋषिङ गाउँपालिका, पश्चिममा स्याङ्जाको चापाकोट नगरपालिका उत्तरमा भीमाद नगरपालिका र दक्षिणमा नवलपरासीको बौदीकाली गाउँपालिका तथा पाल्पा जिल्लाको रामपुर नगरपालिका पर्दछन् । यस गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा नेकपा एमालेका तर्फबाट निर्वाचित हुनुभएको हो । अध्यक्ष थापासँग गोरखापत्रका तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै
चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।
गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण
प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् ।
आलु खेती
कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीस्थित बेलढुङ्गा कृषक समूहले उत्पादन गरेको आलु ।
जलजलामा ५० करोड बढीको बजेट सार्वजनिक
म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरी गाउँ सभाबाट पारित गरेको छ ।
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाँडाखण्डमा स्तरोन्नति सुरु
धौलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ ।
हिउँदे बाली भित्र्याउँदै मुस्ताङी
हिमालपारिको जिल्ला मुस्ताङमा हिउँदे बाली थन्क्याउनेतर्फ कृषक सक्रिय हुन थालेका छन् । हिउँदमा लगाइने बाली अहिले थन्क्याउनका लागि उपयुक्त भएकाले कृषक अहिले आफ्नो खेतीपातीमा व्यस्त हुन थालेका हुन् । परम्परागत रूपमा लगाउँदै आएको रैथाने बाली करु (उवा) अहिले पाकेर पहेँलपुर भएकाले यसलाई थन्क्याउन मुस्ताङी जनतालाई भ्याइनभ्याई छ । गुम्बामा हुने पूजाअर्चनामा महत्वका साथ प्रयोग हुने र पौष्टिकताले भरिपूर्ण हुने करुलाई थन्क्याउनका लागि अहिले मुस्ताङीले मेहनत गरिरहेका छन् ।
नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु
नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म पनि प्रक्रिया अघि नबढेपछि आलोचना भइरहेका बेला सदरमुकाम निर्माणले गति लिने देखिएको हो । सदरमुकामका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र एकीकृत प्रशासनिक भवन बनाउन टेन्डर प्रक्रियाले लगभग अन्तिम रूप लिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।
बाघको आक्रमणबाट २ घाइते
गोरखामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । पालुङटार नगरपालिका–७ च्याङलिङ गाईफर्मनजिकै बगरखेतमा बुधबार बिहान ५ बजे भट्टाफाँट बस्ने वर्ष ७६ का गनबहादुर कुमाल र सोही ठाउँका वर्ष ६३ का राजमान कुमाललाई बाघले आक्रमण गरी गम्भीर घाइते बनाएको पालुङटार नगरपालिका–७ का वडा अध्यक्ष अर्जुन कुमालले जानकारी दिनुभयो ।
साउनदेखि प्लास्टिक झोला बोक्न नपाइने
भीरकोट नगरपालिकाले प्लास्टिकजन्य झोलाको प्रयोगमा न्यूनीकरण गर्ने अभियानमा जुटेको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्लास्टिकजन्य झोला न्यूनीकरण र सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री कार्यक्रममार्फत सो अभियान सुरु गरिएको हो ।
पोखरा महानगरः ७९ करोड बेरुजु, अद्यावधिक बेरुजु तीन अर्ब
पोखरा महानगरको आर्थिक वर्ष ०७९/०८० को बेरुजु ७९ करोड ४९ लाख ८० हजार देखिएको छ।आर्थिक वर्ष ०७९/०८० सम्मको लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महानगरको अद्यावधिक बेरुजु भने तीन अर्ब पाँच करोड ५० लाख २९ हजार पुगेको छ ।
मिटरब्याजमा ३८ जना ठगिए, २२ करोड क्षतिपूर्ति माग्दै प्रशासनमा उजुरी
नवलपुर सदरमुकाम कावासोती वडा नं. २ की गङ्गा परियारले स्थानीय विमला तिवारीसँग २०७३ सालमा तीन लाख रुपियाँ ऋण लिनुभएको थियो। त्यसमा दिनको पाँच सय रुपियाँका दरले तीन महिनाको ब्याज पहिले नै कटौती गरिएको थियो। समय बित्दै गयो। ब्याज पनि बढ्दै गयो।
रहरले थालेको बाख्रा पालन : बन्यो बोयर बाख्रा उत्पादन केन्द्र
बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रा पालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ ।
पालुङटारको लिची किन्न व्यापारी बारीमा
गोरखाको पालुङटार नगरपालिकामा विगत लामो समयदेखि व्यावसायिक रुपमा खेती गर्दै आएका पालुङटार नगरपालिका – ७ च्याङलिङ आहालेबरका ईश्वर श्रेष्ठले आफ्नो ४५ रोपनी जग्गामा लगाएको लिची खरीद गर्न मकवनापुरदेखि व्यापारी उहाँको बारीमा नै आएको बताउनुभएको छ ।
घट्टेखोलामा निर्माण गरियो दुई नयाँ काठेपुल
नाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एकमात्र मार्ग हो ।
रुप्से र तातोपानीमा पूर्वाधार निर्माण गरिँदै
काली गण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल रुप्से झरना र सेर्काकु तातोपानी कुण्डमा अन्नपूर्ण गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण थालेको छ।
मृत चितुवा भेटियो
मृत अवस्थामा रहेको चितुवालाई कार्यालयले दुरुपयोग नहुने गरी सुरिक्षत ठाउँमा व्यवस्थापन गरिने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।