ऐतिहासिक ढोलठाना दरबारमा पूर्वाधार निर्माण
म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम संवत् १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ ।
अवैध रूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीका चार वटा गाडी नियन्त्रण
नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीका ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
म्याग्दीको गुर्जा गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँ । जिल्लाकै अत्यन्त दुर्गम यो गाउँमा सडक सञ्जालको पहुँच पुगेको छैन ।
भानु स्मृति उद्यानमा थप पूर्वाधार निर्माण
तनहुँको भानु नगरपालिका-४ पुरनडिहीमा निर्माणाधीन भानु स्मृति उद्यानमा पूर्वाधार निर्माणले गति लिएको छ ।
धान रोपाइँ
म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरु । हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा बर्षे धान रोपाइँ सुरु भएको छ ।
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री सुदन किँरातीले रत्न मन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।
संस्कृतिलाई जोड्दै कास्कीको गुरुङ सम्पदा पदमार्ग
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ ।
मकैको खोस्टाबाट हस्ताकलाको सामग्री
गोरखा नगरपालिकाले महिलालाई मकैको खोस्टा बाट हस्ताकलाका सामग्री उत्पादन गर्ने सीप प्रदान गरेको छ । घरमा पालिएका गाई भैँसीलाई खुबाउन प्रयोग हुँदै आएको मकैको खोस्टाबाट हस्तकलाका सामग्री बनाउन सिकाइएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
बेनी–तोरीपानी–पाखापानी सडक स्तरोन्नति सुरु
जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका ग्रामीण बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक स्तरोन्नति योजना सुरु भएको छ ।
दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु
पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ ।
बसको ठक्करबाट कुमालको मृत्यु
बसले ठक्कर दिएका गोरखा नगरपालिका–१० स्थित छेपेटारका स्थायी घर भएका ४५ वर्षीय रामकृष्ण कुमालको उपचारको क्रममा शुक्रवार साढे २ बजे अस्पतालमा मृत्यु भएको छ ।
म्याग्दीको गुर्जागाउँ
म्याग्दीको धवलागिरि गाउँपालिका १ मा पर्ने गुर्जागाउँ । जिल्लाकै अत्यन्त दुर्गम यो गाउँमा सडक सञ्जालको पहुँच पुगेको छैन ।
चीनको सीमाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती
भर्खरै मात्र स्थापना भएको उत्तरी गोरखाको बोर्डर आउट पोस्ट (बिओपी ) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त रूपमा सुरक्षा गस्ती गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन सकस
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेकाले विवरण भर्नका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको बढी भिड लागेको हो । सीमान्तकृत समुदायबाट सामाजिक सुरक्षा भत्ता लिइरहेकी व्यास नगरपालिका–१०, डिहीगाउँकी इन्द्रमाया कुसुन्डाले भिड भएकाले दिनभरि कुर्दा पनि पालो नपाएकाले फर्किएको बताउनुभयो । विवरण भरेर लाइनमा बस्दा तीन/चार घण्टा पालो कुर्नुपर्ने अवस्था देखेपछि फर्किएको बताउनुभयो । कुसुन्डाले भन्नुभयो,
व्यासको पुनः मतगणना स्थगित गर्न आदेश
तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्नू भन्ने उच्च अदालत पोखराको फैसलालाई सोही अदालतको आज भएको अर्को आदेशले तत्कालका लागि स्थगित गरेको छ । यही असार २ गते बिहान १० बजेदेखि गणना गर्ने फैसला भएकोमा नगरपालिकाका प्रमुख वैकुण्ठराज न्यौपानेले सर्वोच्च अदालतमा दिनुभएको निवेदनलाई ध्यानमा राखी सो आदेश भएको हो ।
अवैध क्रसरमा सिल
भीरकोट नगरपालिका १ मा रहेको अवैध क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा सिलबन्दी गरेको हो ।
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मनकामना केबलकार ५० दिन बन्द हुने
मनकामना केबलकार ५० दिनको लागि बन्द हुने भएको छ ।
मन्त्री भएको तीन दिनमै देवकोटा पदमुक्त
गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ ।
कावासोतीका स्थानीय र नगरपालिकाबिच १० बुँदे सहमति
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ। पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको हो।
तीन जनाको मृत्युपछि कावासोती तनावग्रस्त : चार जना प्रहरी घाइते
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ। मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन्।
प्लाष्टिकजन्य फोहोरबाट सजावटका सामग्री
म्याग्दीको मंगला गाउँपालिकाले प्लाष्टिकजन्य फोहोरलाई उपयोग गरेर घरायसी प्रयोजनका सुन्दर सामग्रीहरु बनाउने सीप सिकाएको छ ।
तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र नीजि निवासमा तोडफोड गरेका छन् ।
किसानलाई बाली भित्र्याउन चटारो
पूर्वी नवलपरासीका किसान यतिखेर हिउँदे बाली भित्र्याउन व्यस्त रहेका छन् । कहिँ हिउँदे धान त कहिँ मकै भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको छ ।