पालुङटारमा उत्पादन भएका दुना टपरी अजिरकोटले खरिद गर्ने
गोरखाको पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ। आइतबार पालुङटार नगरपालिका नगर प्रमुख विवश चिन्तन र अजिकरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाबिच पालुङटारमा उत्पादन भएको दुना टपरी अजिरकोटले खरिद गर्ने सहमति भएर समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
रैथाने बालीमा आत्मनिर्भर बन्दै मनाङ
खेतीयोग्य जमिन साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य जमिनबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दै गएको छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ ।
तनहुँमा विकास खर्च ११ महिनामा ५० प्रतिशत मात्रै
तनहुँमा आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुटाइएको विकास लक्षित बजेट आधा मात्रै खर्च भएको छ ।
म्याग्दीमा राष्ट्रिय परिचयपत्र लिनेको भिड
सरकारले देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेर सूचना जारी गरेपछि म्याग्दीमा भिड लागेको छ ।
मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण
म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् ।
सीमान्तकृत समुदायलाई कृषिऔजार वितरण
गोरखाको गण्डकी गाउँपालिकाले दलित, विपन्न, तथा सीमान्तकृत समुदायलाई कृषिऔजार वितरण गरेको छ ।
कोरिडोर सडक धमाधम कालोपत्रे हुँदै
देश सङ्घीयतामा गएसँगै सरकारले पछिल्लो समय ठुला तथा साना आयोजनाहरू निमार्णलाई तीव्रता दिएको छ । यहाँको कालीगण्डकी गाउँपालिका–७ आधिमुहानदेखि गल्याङ नगरपालिका–५ सेतीबेनीसम्मको १० किलोमिटर कालीगण्डकी करीडोर सडक कालोपत्रे निर्माण कार्यलाई तीव्रता दिएको हो ।
घरेलु हिंसाका घटनामा कमी
धेरै जिल्लामा घरेलु हिंसा बढिरहँदा स्याङ्जामा भने कम हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरीको तथ्यांक हेर्दा गत वर्षभन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटनाका दर्ता कम देखिएको हो ।
सवारी दुर्घटनामा युवकको मृत्यु
मकवानपुरको हेटौँडा-१९ दारीमटारमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ।
ब्रह्माण्डीय महायज्ञमा १२ करोड सङ्कलन
गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख रुपियाँ सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिले गत फागुन ९ गतेदेखि २३ गतेसम्म सञ्चालित ब्रह्माण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
सास्तीमा छन् निसेलढोरवासी
काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बिचबिचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।
खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै
असार लागि सक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।
ऐतिहासिक मानेपानी ढुङ्गेधारो गुमनाम अवस्थामा
गोरखा नगरपालिका–५ मानेपानीमा रहेको ऐतिहासिक मानेपानी ढुङ्गेधारो गुमनाम अवस्थामा छ ।
पुल बनाउन खनिएको खाल्डोमा बालकको शव फेला
बरपौवा नजिकको सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोबाट आइतबार बिहान साढे ८ बजे ९ वर्षीय गणेश विकको शव निकालिएको हो ।
'हामी सुधार्छौँ हाम्रो विद्यालय' अभियान सुरु
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तनहुँको देवघाट गाउँपालिकामा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान सुरु भएको छ ।
बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै
रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई जानकारी दिनुभयो ।
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान
विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।
ठेकेदारको लापर्बाहीले सडक अलपत्र
सडक कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापर्बाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्रेको काम अलपत्र परेको छ । बिरुवा–क्याराभान जेभीले २०७६ साल जेठ ३१ गते जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्रेका लागि ठेक्का लिएको थियो । ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई सास्ती भएको छ । मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म आठ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबिच २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत भएको छ । गत चैत, वैशाखयता निर्माण व्यवसायी आयोजना स्थलमा देखिएका छैनन् ।
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो । सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले राससलाई बताउनुभयो ।
बेनी–पाखापानी सडक स्तरोन्नति सुरु
जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ ।
सेती बगरमा प्रतिस्थापन कला
कतै लुक्दै, कतै झुल्किँदै बग्ने सेती नदी पोखरा महानगरको रामघाट क्षेत्रमा खुला भएर बग्छ । खुला भएकैले यहाँ नदीका दुवै तटमा घाट छन् । सेती किनारमा शनिबार फरक खालको चलहपहल थियो । किनारबाटै हिमाल र आसपासका डाँडाकाँडा देखिने र नदीको शिर र बहाव दुवैतिर खोँच भएको रामघाट बगरमा वातावरणीय प्रतिस्थापन कला निर्माण गरिँदै छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा सेती किनारमा प्रतिस्थापन कला बनाइने विभागीय प्रमुख सौरगङ्गा दर्शनाधारीले जानकारी दिनुभयो ।
गण्डकीमा ३३ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो।
मनाङको स्यार्कु जङ्गलमा आगलागी
वर्षाको मुखैमा मनाङको जङ्गलमा आगलागी भएको छ । चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा शनिबार १ बजेदेखि आगलागी भएको हो । सो आगलागी भएको जङ्गल क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्दछ ।
नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन मजदुरको सामूहिक अन्त्येष्टि
नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन जना मजदुरको शनिबार सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ ।