• १० असार २०८१, सोमबार

पुल बनाउन खनिएको खाल्डोमा बालकको शव फेला

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार २ गते । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा खोलामा पुल बनाउन खनिएको खाल्डोमा बालकको शव फेला परेको छ । बरपौवा नजिकको सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोबाट आइतबार बिहान साढे ८ बजे ९ वर्षीय गणेश विकको शव निकालिएको हो ।

सशस्त्र प्रहरी बल कालिका गण कास्कीमाबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले खाल्डोका करिब २० फिट गहिराइबाट शव निकालेको हो । कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले पुलनजिकै चप्पल तैरिएको सूचना आएपछि शनिबारबाट सम्पर्कमा नरहनुभएका पोखरा–३३, बरपौवाका विकको शव खाल्डोबाट निकालिएको जानकारी दिनुभयो ।

मृतकको शव पोस्टपार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।