• १३ साउन २०८१, आइतबार

भानुमार्गको अवरोध हट्यो

blog

बाढीले क्षति पुर्‍याएको कल्भर्टको मर्मत गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार ६ गते ।
बुधबार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाएपछि अवरुद्ध भनेको भानुमार्गको अवरोध बिहीबार बिहान ११ बजेबाट हटेको छ ।

भानुमार्गको डुम्रे–चन्द्रावती खण्डमा पर्ने भानु नगरपालिका–६ टुहुरेपसलस्थित खत्री खोलामा आएको बाढीले क्षति पुर्‍याएको कल्भर्टको मर्मत सम्भार गरी यातायात सुचारु गरिएको हो ।

स्थानीय बासिन्दालाई समस्या नपरोस् भनेर बिहीबार बिहानैदेखि कल्भर्ट मर्मत गरी यातायात सुचारु गरिएको भानु नगरपालिकाको उपप्रमुख गोतामेले बताउनुभयो । यातयात अवरुद्ध हुँदा भानु नगरपालिका वडा नम्बर ६, ७ र १३ का बासिन्दा प्रभावित भएका थिए । भानु नगरपालिका–१३ चन्द्रावतीका कुवेर खनालले यस मार्गका उपभोत्ता वषौं अघिदेखि पुलको माग राख्दै आए पनि पूरा नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनुहुन्छ । खनालका अनुसार गत वर्ष पनि कल्भर्ट बाढीले बगाएको थियो ।

खत्रीखोला ठाडो खोला भएकाले पुल बनाउनुको विकल्प नभएको खनालको भनाइ छ । भानु नगरपालिकाको उपप्रमुख उमा गोतामेले मोटर गुड्ने पुल निर्माणको लागि सङ्घ तथा प्रदेश सरकारसँग माग गरिएको भए पनि बजेट विनियोजन नगरेकाले बनाउन नसकिएको उपप्रमुख गोतामे बताउनुहुन्छ ।