कबिराज घिमिरे
हिले, जेठ १ गते। चर्च ब्वाइज क्लब काठमाडौँ धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको खेलमा सर्लाहीको बागमती फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर र मार्फत गरिएको थियो।
टाइब्रेकर चर्च ब्वाइज क्लबका तीन खेलाडीले गोल गरे भने बागमतीमा चार खेलाडीले प्रहार गरेको बल एउटा मात्र गोलमा परिणत भयो। दुई खेलाडीले गरेको प्रहार बाहिरिँदा एक खेलाडीको प्रहार चर्च ब्वाइज गोल किपरले रोक्न सफल भएका थिए।
योसँगै सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ। शुक्रबारबाट भने सेमिफाइनल चरणको खेल हुने आयोजकले संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो।
आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद सात लाख र उपविजेताले तीन लाख रुपियाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने छ।