एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन : उपाध्यक्ष पौडेल
पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले सो धारणा राख्नुभएको हो ।
रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
रास्वपाले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
नयाँ मन्त्रीको शपथ आजै ३ बजे : कांग्रेस फेरि सत्तामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।
एसईई परीक्षा मर्यादित बनाउन प्रधानमन्त्रीको अपिल
आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद् विस्तार हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने हुनुभएको छ । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सञ्चार ऐन चाँडै ल्याउने तयारीमा छौँ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
नेता पोखरेल र राजदूत सोङ्गबीच भेटवार्ता
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच आज बिहीबार भेटवार्ता भएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुग्नुभएको थियो ।
मन्त्री पदबाट राजीनामा दिन आग्रह
जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले आफ्नो पार्टीको तर्फबाट कोशी प्रदेशको मन्त्री बन्नुभएकी निर्मला तावा लिम्बूलाई राजीनामा दिन आग्रह गरेको छ।
पूर्वाग्रहले न्याय हुँदैनः कामु प्रधानन्यायाधीश कार्की
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ।
धरानमा कोशी प्रदेश नामकरणको विरोधमा तालाबन्दी
कोशी प्रदेश नामकरणको विरोधमा धरान उपमहानगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
स्वर्णिम वाग्ले कांग्रेसबाट अलग
स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ।
मिटरब्याज कारोबार नियन्त्रण गर्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत गरिएको छ ।
किसानको जीवनस्तर सुधार गर्न विश्वविद्यालय चुक्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको जीवनस्तर सुधार गर्नुपर्ने अहिलेको आवश्यकतालाई विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ।
सरकार र मिटरब्याज पीडितबीचको छलफल सकारात्मक
सरकार र मिटरब्याज पीडितबीचको छलफल सकारात्मक देखिएको छ।
राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ ।
मिसन ग्रासरुट कार्यक्रममा १६ जना सम्मानित
हाल जिल्लाभर सञ्चालन भइरहेको नेकपा (एमाले) को मिसन ग्रासरुट अभियानमा सक्रिय ज्येष्ठ सङ्गठित सदस्यहरू सम्मानित हुनुभएको छ ।
तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ
नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर –१ र चितवन निर्वाचन क्षेत्र नम्बर –२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्नुहुँदै
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी मन्त्री बन्नु हुनेभएको छ ।
पशुपतिमा धार्मिक तथा पर्यटकको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिवेदन पेस
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
‘मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस्’
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनका लागि कांग्रेसले टुङ्ग्यायो उम्मेदवार
नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
मिटरब्याजी पीडकलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्छ : सदस्य शर्मा
राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सदस्य शर्माले मिटरब्याजी पीडितहरू आन्दोलित भइरहेको उल्लेख गर्नुहुँदै मिटरब्याज पीडकहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।