कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरिने
सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ– मन्त्री ज्वाला
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘सेवा प्रवाह प्रभावकारी बनाउँछु’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गरी मातहतका कार्यालयलाई चुस्तदुरुस्त बनाउने बताउनुभयो । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सचिव राउतले चुनौती चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयको कार्यपद्धति व्यवस्थित गर्ने, सूचना र सञ्चार प्रविधिमा सबैको पहुँच विस्तार गर्नेसहित काम थालनी गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीका १६ सारथि
शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।
अपराध नियन्त्रणमा उदारता र सम्झौता हुँदैन : गृहमन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिनुभएको छ।
आर्थिक समस्या समाधान गर्न राज्यसंयन्त्र लाग्नेछ : अर्थमन्त्री महत
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सबै राज्यसंयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री शर्मालाई दोस्रो पटक विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाउनुभएको छ । शुक्रबार सभामुख नन्दा गुरुङले मुख्यमन्त्रीले विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा बहुमत सदस्यले विश्वासको मत दिनुभएको हो ।
सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताउनुभएको छ ।
नवनियुक्त मन्त्री यादवद्वारा पदबहाली
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले पदबहाली गर्नुभएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री यादव सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।
मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु : नवनियुक्त मन्त्री भण्डारी
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शिक्षा मन्त्रीको पदबहाली गर्नुहुँदै अशोक राई
नवनियुक्त शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोक राई शुक्रबार मन्त्रालयमा पदबहाली गर्नुहुँदै। तस्बिर: हरिराम भेटुवाल/रासस
पदबहाली गर्नुहुँदै अर्थमन्त्री महत
नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महत शुक्रबार मन्त्रालयमा पदबहाली गर्नुहुँदै । तस्बिर: नवीन पौडेल/रासस
नवनियुक्त मन्त्री बस्नेत
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत पदवहालिपछि मन्तव्य व्यक्त गर्नुहुँदै। तस्बिरः नवीन पौडेल/रासस
श्रममन्त्री भण्डारीको पदबहाली
शुक्रबार मन्त्रालयमा आफ्नो पदबहाली गर्नुहुँदै नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी । तस्बिरः रत्न श्रेष्ठ/रासस
चलचित्र समाज रूपान्तरणको माध्यम : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ । उहाँले समाज रूपान्तरणको माध्यमको रूपमा लिनुपर्नेमा चलचित्र क्षेत्रलाई आवश्यकताभन्दा विलासिताको रूपमा हेर्ने दृष्टिकोणका कारण यसको विकास हुन नसकेको बताउनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठद्वारा पदबहाली
शुक्रबार पदबहाली गर्नुहुँदै नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : किरण विष्ट/रासस
भूमि व्यवस्था मन्त्री श्रेष्ठद्वारा पदबहाली
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पनि पदबहाली गर्नुभएको छ ।
सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौं : उपप्रधानमन्त्री खड्का
नवनियुक्त उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन (पूर्ण विवरण)
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। शुक्रबार नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष मन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
नवनियुक्त मन्त्रीको शपथ
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो ।
मन्त्रिपरिषद् विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा कहिल्यै नमर्ने प्रतिबद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाइरहेको बताउनु भएको छ ।
खानेपानी मन्त्री खानको राजीनामा
खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ ।
अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुक अहिले आर्थिक रूपले जर्जर अवस्थामा पुगेको बताउनुभएको छ।