काठमाडौ, चैत १७ गते । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पनि पदबहाली गर्नुभएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गत पुस १० गते गठन भएको मन्त्रिपरिषदमा शुक्रबार हेरफेर भएको हो ।