‘लोकतन्त्रमा जनताको मत व्यक्त गर्ने अधिकारअनुरुप कोशी प्रदेशको विरोध’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामाकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताउनुभएको छ ।
कांग्रेसले बारा– २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने
नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
सांसद मञ्जु शर्मा (अन्सारी) ले लिनुभयो पद तथा गोपनीयताको शपथ ग्रहण
प्रतिनिधि सभाकी सांसद मञ्जु शर्मा (अन्सारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद
सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटी धन्यवाद दिएका छन्।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार (आज) बिहान १० बजे बस्ने भएको छ ।
राष्ट्रपति अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।
कांग्रेस बैठक आज
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। सहमहामन्त्री जीवन परियारका अनुसार बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा बारा क्षेत्र नं. दुईको उपनिर्वाचन, सरकारमा पार्टीको सहभागीसहित समसामयिक विषयमा छलफल हुनेछ।
सभामुखको विशेषाधिकार कायमै
सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । शनिबार सभामुख देवराज घिमिरेको आह्वानमा भएको छलफलमा सभामुखले सदनका कामकारबाही कार्यव्यवस्था समितिको नियमित परामर्शका आधारमा गर्ने सहमति भएपछि नियमावलीको गाँठो फुकेको हो । सत्तारूढ दलबाट सभामुखको कामकारबाही समितिको निर्णयबाट मात्र हुनुपर्ने संशोधन दर्ता भएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो ।
स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
खेलकुद मानवीय जीवनको अंग हो: पूर्व प्रधानमन्त्री नेपाल
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताउनुभएको छ।
मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति
शनिबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।
वर्तमान गठबन्धनले पाँच वर्षसम्म सरकार चलाउँछ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनले नै पाँच वर्षसम्म सरकार चलाउने दाबी गर्नुभएको छ।
चितवन-२ मा लामिछाने, तनहुँ-१ मा वाग्ले र बारा-१ मा खरेल रास्वपाको उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
जबर्जस्ती गरिएको कागजको विवाद ‘मिटरब्याज’
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पीडितसँग शनिबार बिहान भेट गर्नुभएको छ। सामन्तवादको अवशेषका रुपमा रहेको यो समस्या सधैका लागि अन्त्य गर्ने आश्वासन प्रधानमन्त्री प्रचण्डले पीडितलाई दिनुभएको छ।
नेता रावलसँग संवाद गर्न टोली गठन, संवाद गर्न तयार रहेको रावलको भनाइ
नेकपा (एमाले) ले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय संवाद टोली गठन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो संवाद टोली गठन गरेको हो ।
चितवन -२ मा न्यौपाने र तनहुँ -१ मा खनाल एमालेको उम्मेदवार
नेकपा (एमाले) ले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र २ र तनहुँ क्षेत्र १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुनुको विकल्प छैन : नेता खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका रमेश खरेलले राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको बताउनुभएको छ ।
सुकुम्वासी समस्या समाधानमा प्राथमिकता दिन्छु : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी बजेटमा सुकुम्वासी व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
धौलागिरि बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व
धौलागिरि बहुमुखी क्याम्पस बागलुङले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार बिहान बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबैको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन गरेको हो ।
सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताउनुभएको छ ।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
पूर्वराजा ज्ञानेन्द्र राजनीतिक व्यक्तित्वहरूसँग परामर्शमा
केही समयदेखि झापाको दमकमा रहनु भएका पुर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट र समसामयिक विषयमा छलफल गर्न व्यस्त रहनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।